वर्षाले घर भत्किएपछि बिमलालाई सहारा, रास्वपाद्वारा १५ हजार सहयोग

सुर्खेत  / वर्षाका कारण घर भत्किएर बस्नै नमिल्ने अवस्था भएपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ की बिमला विकलाई १५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ।

 भदौ २५ गते परेको वर्षाका कारण विकको घर भत्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारी तथा सहयोगीहरूले आर्थिक सहयोग जुटाएका हुन्।

संकलित १५ हजार रुपैयाँ सोमबार रास्वपाका वीरेन्द्रनगर नगर सभापति लक्ष्मण कँडेलले विकलाई हस्तान्तरण गरेका छन्।

सहयोग रकममध्ये नगर सभापति कँडेलले ६ हजार रुपैयाँ, वडा नम्बर ५ का सभापति तपबहादुर रानाले दुई हजार रुपैयाँ, वडा नम्बर ६ का सभापति रवि लामिछानेले दुई हजार रुपैयाँ र यज्ञराज योगीले पाँच हजार रुपैयाँ प्रदान गरेका छन्।

वर्षाका कारण घर भत्किएपछि समस्यामा परेकी विकलाई तत्कालीन राहतस्वरूप उक्त रकम उपलब्ध गराइएको हो।




सम्बन्धित समाचार


error: Content is protected !!