निर्माण व्यवसायी महासंघ कर्णालीको अध्यक्षमा मानव बम

सुर्खेत, साउन १९ , कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशको अध्यक्षमा मानव बम निर्विरोध निर्वाचित भएका छन् । मंगलबार सम्पन्न महासंघको ७औँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट बमको नेतृत्वमा नयाँ कार्यसमितिका चयन भएको हो । बम कर्णालीमा इमानदार र अनुभवी निर्माण व्यवसायीको रुपमा परिचित छन् ।
अन्तिम मतपरिणाम अनुसार संघको उपाध्यक्षमा तुलाराज शाही , सचिवमा नविन कुमार थापा, कोषाध्यक्षमा मनोज कुमार सिंह तथा सहकोषाध्यक्षमा शिमिला खड्का निर्विरोध चयन भएका छन् । यस्तै, सदस्यमा मनबहादुर चदारा, ठानबहादुर भण्डारी, रतनबहादुर शाही र खड्कबहादुर शाही निर्विरोध चयन भएका छन् । पिछडिएको क्षेत्रतर्फ सदस्यमा ध्वजबहादुर शाही निर्विरोध चयन भएका छन् ।
महासंघका अनुसार वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएपछि दुवै पद रिक्त रहेका छन् । महासंघले सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावलीमा अध्यक्षसहित अधिकांश पदमा एकल उम्मेदवारी परेकाले उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।








