सुर्खेतमा फैलिँदै साइबर अपराधको जालो, जघन्य अपराधको ग्राफ पनि उस्तै

सुर्खेत ः सुर्खेतमा जघन्य अपराधसँगै साइबर अपराध पनि तीव्र रूपमा बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको त्रिवर्षीय तथ्यांकअनुसार जबर्जस्ती करणी, लागुऔषध, बैंकिङ कसुर, ठगी र विद्युतीय माध्यमबाट हुने अपराधमा वृद्धि देखिएको छ । प्रहरीको त्रिवर्षीय तथ्यांकलाई केलाउने हो भने १० वर्षभन्दा बढी सजाय हुने अपराधको ग्राफ बढ्दै गएको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले आर्थिक वर्ष २०८०र०८१ को तुलनामा २०८१/०८२ मा ०.१४ प्रतिशतले अपराध बढेको बताए । उनका अनुसार आव २०८१र०८२ को तुलनामा गत आव २०८२र०८३ मा १.१५ प्रतिशतले अपराध बढेको छ ।

प्रहरीको तथ्यांकअनुसार जिल्लाभर तीन आर्थिक वर्षको अवधिमा २ हजार ३ सय तीन जघन्य अपराधका मुद्दा दर्ता भएका छन्, जसमा आव २०८०/०८१ मा ८ सय ३०, आर्थिक वर्ष २०८१/०८२ मा आठ सय २४ र गत आर्थिक वर्ष २०८२/०८३ मा नौ सय ४९ जघन्य अपराध सम्बन्धिका मुद्दा प्रहरी कहाँ आइपुगेका छन् ।

यी मुद्दा जिल्ला प्रहरी कार्यालय सुर्खेत, इलाका प्रहरी कार्यालय छिन्चु र इलाका प्रहरी कार्यालय बाबियाचौरमा दर्ता भएका हुन् । तीन आर्थिक वर्षको अवधिमा आपराधिक कार्यमा संलग्न भएको आरोपमा पाँच सय ४६ जना पक्राउ परेका छन् भने ६ सय ६४ जना फरार छन् । प्रहरीको तथ्यांकलाई केलाउने हो भने सुर्खेतमा बर्सेनि जबर्जस्ती करणीसम्बन्धी अपराध बढ्दै गएको देखिन्छ । जबर्जस्ती करणीपछि ज्यान मार्ने उद्योगसम्बन्धी अपराध भएको देखिन्छ ।

आव २०८०/०८१ मा ८५ वटा जबर्जस्ती करणीसम्बन्धी मुद्दा प्रहरीकहाँ दर्ता भएका छन् । यस्तै, आव २०८१र०८२ मा ६८ र गत आव २०८२/०८३ मा ९१ वटा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएका छन् ।

यस्तै, आव २०८०/०८१ मा २१ वटा ज्यान मार्ने उद्योगसम्बन्धी अपराधमा प्रहरीले मुद्दा चलाएको छ । आव २०८१र०८२ मा १६ र गत आर्थिक वर्षमा २२ वटा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ ।

प्रहरी प्रमुख पोखरेलले कतिपय अवस्थामा नजानेर कानुनको उल्लंघन भइरहे पनि प्रहरीमा दर्ता भएका अधिकांश मुद्दामा देखासिकी र आपराधिक मानसिकता जोडिएको बताए । प्रहरीले कानुन कार्यान्वयनको पाटोमा सचेतनाका कार्यक्रमलाई पनि सँगै लगेको उनले बताए । तर, अझै पनि नागरिकमा कानुनी साक्षरताको कमी रहेको उनले बताए ।

सुर्खेतमा पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकले संगठित तथा आर्थिक अपराधका घटना बढ्दै गएको देखाउँछ । यस अवधिमा संगठित तथा आर्थिक अपराधसम्बन्धी ९१ वटा मुद्दा दर्ता भएका छन्, जसमा ठगीसम्बन्धी मुद्दा धेरै छन् ।

गत वर्ष दर्ता भएका ९ सय ४९ मुद्दामध्ये बैंकिङ कसुरसम्बन्धी मात्रै १ सय ६६ वटा मुद्दा छन् । बैंकिङ कसुरपछि दोस्रोमा लागुऔषधसम्बन्धी मुद्दा बढी छन् । गत वर्ष प्रहरीले १ सय ५८ वटा लागुऔषधसम्बन्धी मुद्दा चलाएको छ ।

त्यस्तै, अपराधिक लाभमा ११, अभद्र व्यवहारमा ८३, कर्तव्य ज्यान कसुरमा नौ र चोरीसम्बन्धी ३९ वटा मुद्दा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएका छन् । नकबजनी चोरी दुई, जबर्जस्ती करणी ९१, ज्यान मार्ने उद्योग २२, ज्यानसम्बन्धी कसुर ९झुण्डिएर मृत्यु० ९४, ठगी १८, बहुविवाह २४, भवितव्य ज्यानसम्बन्धी ५२, सवारी ज्यानसम्बन्धी ३१, सवारी भवितव्य ६, सवारी अंगभंगसम्बन्धी अपराधका पाँचव६ा मुद्दा दर्ता भएका छन् ।

गत वर्ष राष्ट्रसेवक कर्मचारीलाई बाधा पुर्‍याउने एक जनामाथि पनि मुद्दा चलेको छ । त्यस्तै, पशुपन्छीसम्बन्धी कसुर एक, बोक्सीसम्बन्धी कसुर एक, जुवा आठ, जबर्जस्ती करणी उद्योग १२, डाँका चोरीमा चार, नागरिकता ऐनसम्बन्धी कसुर दुई, फुटकर ज्यान ४५, बालयौन दुरुपयोग पाँच, आत्महत्या दुरुत्साहन १०, लिखतसम्बन्धी कसुर १२ र विषादी सेवनसम्बन्धी १३ मुद्दा दर्ता भएका छन् । गत वर्ष व्यक्ति बेपत्तासम्बन्धी दुई, आपराधिक उपद्रव चार, अनलाइन सट्टाबाजी एक, गर्भ संरक्षणविरुद्धको कसुर एक, राष्ट्रिय परिचयपत्रको दुरुपयोग एक, विद्युतीय कारोबार ऐन २०६३ विपरीतका पाँच, नेपाल राष्ट्र बैंकसम्बन्धी कसुर एक, एसिड तेजाब प्रहारसम्बन्धी एक, शिक्षासम्बन्धी कसुर एक र हातहतियार खरखजाना तथा लागुऔषधसम्बन्धी सातवटा मुद्दा प्रहरीमा दर्ता भएका छन् ।

फैलिँदै साइबर अपराध

पछिल्लो समय प्रविधिको विकाससँगै विद्युतीय कारोबार अर्थात् साइबर अपराधको जालो फैलिँदै गएको छ । प्रहरीको तथ्यांकअनुसार गत वर्ष मात्रै सुर्खेतमा साइबर अपराधसम्बन्धी ७ सय ९१ वटा मुद्दा दर्ता भएका छन्, जसमा विद्युतीय माध्यमबाट ठगी ३ सय १२, फेसबुक ह्याक १ सय ३० र मोबाइल चोरीका ३ सय ४९ मुद्दा प्रहरीकहाँ दर्ता भएका छन् । कुल दर्तामध्ये हालसम्म विद्युतीय ठगीका ३६ मुद्दा फर्छ्योट भएका छन् भने २ सय ७६ वटा मुद्दा प्रक्रियामा छन् ।

त्यस्तै, फेसबुक ह्याकसम्बन्धी १ सय २९ मुद्दा प्रक्रियामा छन् । ५८ वटा मोबाइल चोरीसम्बन्धी मुद्दा फर्छ्योट हुँदा २ सय ९१ मुद्दा प्रक्रियामा रहेको देखिन्छ । पछिल्लो समय विद्युतीय माध्यमबाट हुने अपराधमा वृद्धि हुँदै गएकाले सचेत रहन प्रहरीको आग्रह छ ।




सम्बन्धित समाचार


error: Content is protected !!