कर्णालीका आठ पालिकामा उत्पादन बढाउन पराग सेचन परियोजना लागू

सुर्खेत ,११ चैत ः कर्णालीका आठ वटा स्थानीय तहमा पराग सेचन कार्यक्रम लागू भएको छ । वर्षेनी घटदै गएको कृषि  उत्पादनलाई  यो परियोजनाबाट फलदायी हुने अपेक्षा लिइएको छ । अहिले लागू भएको पालिकामा घटदै गएको उत्पादनलाई बढाउन सर्वेक्षणका साथै विभिन्न उपायहरुको खोजी समेत हुने छ ।

जाजरकोटको नलगाड, भेरी नगरपालिका , जुम्लाको पाताराशी , चन्दननाथ , दैलेखको नारायण , भगवती ,ठाँटीकाँध र सुर्खेतको वीरेन्द्रनगर , चिङगाडमा यो कार्यक्रम लागू भएको हो । कर्णालीसँगै अन्य गण्डकी र लुम्बिनी प्रदेशका गरेर १२ जिल्लामा यो कार्यक्रम लागू गर्न लागिएको हर्ड इन्टरनेशनलको सुजन सापकोटाले जानकारी दिए ।

परियोजनाले पराग सेचन सम्बन्धी सचेतना , दिगो कृषि अभ्यास , मौरीपालन , अनुसन्धान क्षमता र नीनि निर्माणमा राष्ट्रिय स्तरको परिवर्तन ल्याउन योगदान गर्ने उनले जानकारी दिए । पराग सेचन जैविक विविधता , बाली उत्पादन , किसानको आय तथा खाद्य तथा पोषणमा सुधार ल्याउने उद्देश्य रहेको छ । ६० वटा कार्यशाला मार्फत सचेतनामा जोड दिइने छ ।

१ हजार २०० सामुदायिक सरोकारवाला तथा ३६० विद्यालयका शिक्षकलाई तालिम समेत दिइने कार्यक्रमको लक्ष्य रहेको छ । ५ हजार ४०० किसान लक्षित कार्यशाला गरिने भएको छ । ९ स्थानमा पगरागसेचनमैत्री सहरी हरित बगैँचा विकास गरिने उहाँले जानकारी दिनुभयो । मौरी पालक किसान मैत्री कार्यक्रम सञ्चालन गरी तीन समुदायिक घरबास कार्यक्रम सञ्चालन गरेर मौरी पर्यटन प्रवद्धनको स्रोत केन्द्र स्थापना गरिने भएको छ ।

किसान ,विद्यालय ,ग्रामीण तथा सहरीमा बस्ने समुदायलाई परासेचनमैत्री सचेतना जगाउने कार्य समेत रहेको छ । पराग सेचनको महत्त्व बुझाएर बाली उत्पादनमा सुधार ल्याउने मुख्य उद्देश्य रहेको छ । पराग सेचनको अभावमा वर्षेनी वाली उत्पादनमा आएको गिरावटलाई मध्यनजर गर्दै यसको महत्त्व बुझाउनका लागि काम गरिने भएको हो ।

वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले हामीले सडक तथा पूर्वाधारको कुरालाई मात्र ध्यान दिएको भन्दै कृषि उत्पादनमा यूवालाई जोडने कार्यक्रम ल्याउन नसकेको बताइन । उनले भनिन ,“ नगरपालिको अब कृषि क्षेत्रलाई जोड दिएर पकेट क्षेत्र घोषण गर्ने अभियानमा रहेको छु । नागरिकलाई कृषिमा जोडेर अगाडी बढेमा मात्र खाद्यान्नमा आत्मनिर्भर हुने छ । ”





error: Content is protected !!