शक्ति भन्छन् ः मान्छे दोहोरिरहँदा जनतालाई नयाँ अनुहार पनि हेरौँ भन्ने लाग्दो रहेछ

सुर्खेत ः माओवादी आधार क्षेत्र मानिएको जाजरकोटमै पराजित भएपछि नेपाली कम्युनिस्ट पार्टीका नेता शक्तिबहादुर बस्नेतले हारलाई स्वाभाविक रूपमा लिएको बताएका छन् ।

शनिबार सम्पन्न मतगणनामा बस्नेत नेपाली कांग्रेसका खड्कबहादुर बुढासँग पराजित भएका हुन् । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै जनताले विकल्पको खोजी गरेको बताएका हुन् ।

‘जनताले पार्टीको रूपमा होस्, व्यक्तिको रूपमा होस्, मूल रूपमा एउटा नयाँ विकल्पको च्वाइस गरेको, खोजी गरेको कुरा स्पष्ट देखिन्छ नै,’ उनले भने, ‘‘भलै जनताले च्वाइस गरेको विकल्प सही ठाउँमा पर्‍यो कि परेन, त्यो भोलिको समयले सम्बोधन गर्नेछ ।’

यद्यपि अहिले जनताको जुन फैसला दिए, उक्त फैसलालाई आफूले सम्मान गरेको र स्वीकार गरेको बस्नेतले बताए । उनले अगाडी भने, ‘जनतामा नियमित रूपमा एउटै मान्छे भइरहँदा अलि नयाँ टेस्ट गर्न पनि पाए हुन्थ्यो भन्ने लाग्दो रहेछ ।’

‘जनतालाई पनि एउटै मान्छे, एउटै अनुहार दोहोरिँदा अलि नयाँ अनुहारहरू पनि हेरौँ न त भनेर लाग्नु स्वाभाविक कुरा भयो,’ उनले थप भने, ‘त्यो पनि कम्प्यारि गरेर हेर्ने अवसर चाहिँ मतदाताको लागि पनि यो सकारात्मक पक्ष नै हो ।’




सम्बन्धित समाचार


error: Content is protected !!