कर्णालीका नौ जिल्लाको परिणाम आयो

सुर्खेत ः प्रतिनिधिसभा सदस्यको १२ सिट रहेको कर्णालीमा ११ सिटको परिणाम आएको छ । मुगुमा मत गणना जारी रहेको छ ।
डोल्पामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर बुढा ६ हजार ८ सय २ मत ल्याई विजयी हुनुभयो । नेकपा एमालेका उम्मेदवार लंकबहादुर रोकायले ५ हजार ३९६ मत ल्याइ पराजित हुनुभयो ।

रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार गोपाल शर्माले २१ हजार ६ सय ९ मत प्राप्त गरेर विजयी हुनुभयो । नेपाली कांग्रेसका उम्मेदवार राजु के.सी.ले १६ हजार ६ सय ६१ मत ल्याएर पराजित हुनुभयो । प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले १४ हजार ३ सय ४६ मत प्राप्त गनुभयो ।

हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया ८ हजार ७९७ मतसहित विजय हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका दीपेन्द्र रोकायाले ७ हजार २४३ मत र नेकपा एमालेका दल फडेराले ४ हजार ३३१ मत प्राप्त गनुभयो ।
दैलेख क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार बासना थापा १२ हजार ३७२ भोट ल्याएर विजयी हुनुभयो । नेकपा एमालेका उम्मेदवार रविन्द्रराज शर्माले ११ हजार ७९६ मत ल्याएर पराजित हुनुभयो ।

त्यस्तै दैलेख क्षेत्र नम्वर २ मा नेकपा एमालेका १३ हजार ८८९ भोट ल्याएर विजयी हुनुभयो । नेपाली काँग्रेसका उम्मेदवार दिक्पाल शाहीले ९ हजार ५५२ भोट ल्याएर पराजित हुनुभयो ।

सुर्खेत क्षेत्र नम्वर १ मा नेपाली काँग्रेसका उम्मेदवार विष्णु बहादुर खडकाले २६ हजार ८९७ मत ल्याएर विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार धुर्वकुमार शाहीले १८ हजार ८९० भोट ल्याएर पराजित हुनुभयो ।

सुर्खेत क्षेत्र नम्वर २ बाट रास्वपाका रमेशकुमार सापकोटाले ३० हजार ८२६ मत ल्याएर विजयी हुनुभएको छ । नेपाली काँग्रसका उम्मेदवार नारायण कुमार कोइरालाले १६ हजार ३९२ मत ल्याएर पराजित हुनुभयो ।

कालिकोटमा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाहीले ११ हजार ७३४ मतले विजयी हुनुभयो । नेकपा एमालेका उम्मेदार नगेन्द्र शाहीले १० हजार ६४७ मत ल्याएर पराजित हुनुभयो ।

जुम्लामा राप्रपाका ज्ञानबहादुर शाहीले १४ हजार ४१६ मत ल्याएर विजयी हुनुभयो । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले ११ हजार ६३५ मत ल्याएर पराजित हुनुभयो ।

सल्यानका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्लले २३ हजार १८९ मत ल्याएर विजयी हुनुभयो । रास्वपाका उम्मेदवार ललितकुमार चन्दले २० हजार ९०४ मत ल्याएर पराजित हुनुभयो ।

जाजरकोटमा नेपाली काँग्रेसका उम्मेदवार खडकबहादुर बुढाले २० हजार १४२ मत ल्याएर विजयी हुनुभयो । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतले १७ हजार ४०७ मत ल्याएर पराजित हुनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!