जाजरकोटमा नेपाली काँग्रेसका उम्मेदवार बुढा निर्वाचित

जाजरकोट ,२३ फागुन ः प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा जाजरकोट जिल्लाको १ निर्वाचन क्षेत्रमा प्राप्त परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार खडकबहादुर बुढाले २० हजार १४२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
सहायक निर्वाचन अधिकृत धर्मबहादुर बुढाका अनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतले १७ हजार ४०७ मत प्राप्त गनुभयो । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार डम्वरबहादुर सिंहले १६ हजार ८ सय ८३ मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ । रास्वपा उम्मेदवार राघव कार्कीले २ हजार ४७१ मत पाउनुभएको छ ।
सो निर्वाचन क्षेत्रमा कुल १ लाख ६ हजार ९२ मतदाता भएकामा ६० हजार ५६७ मत खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका ११ जना प्रत्यासी हुनुहुन्छ ।









