सुर्खेत—२ः वीरेन्द्रनगरभित्र कांग्रेस—एमालेका ‘कोर एरिया’ भत्काउँदै रास्वपा ६ हजार मतान्तरले अग्रस्थानमा

सुर्खेत /  कर्णालीको राजधानी समेत रहेको सुर्खेत—२ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० जित उन्मुख देखिएको छ ।

पछिल्लो नजिता अनुसार, यो क्षेत्रमा ४२ हजार ३४५ मत गणना भएको छ, जसमा रास्वपाका रमेशकुमार सापकोटाले १६ हजार ५५० मतसहित जित उन्मुख अवस्थामा छन् ।

उनलाई हालसम्म आएको मत नेपाली कांग्रेसका नारायण कोइराला भन्दा साढे ६ हजार मतान्तरले बढी छ । दोस्रो नम्बरमा मत पाएका कांग्रेसका कोइरालाले ९ हजार ९५२ मत पाएका छन् भने नेकपा एमाले उम्मेदवार कुलमणि देवकोटाले ७ हजार ९१५ मत मात्रै पाएका छन् ।

यस्तै नेकपा उम्मेदवार झकबहादुर मल्लले ५ हजार ५२२ मत पाएका छन् । यहाँ सुरुमा पश्चिमका चौकुने, पञ्चपुरी र बहातालबाट मतगणना गरिएको थियो, जो ग्रामीण क्षेत्र हो ।

सुरुमा एमाले र बिचमा कांग्रेस—एमालेले लिड गरिरहेका थिए । पञ्चपुरीमा आउँदा अधिकांश वडामा रास्वपा अगाडी आयो । पञ्चपुरी कांग्रेसको बलियो क्षेत्र मानिन्थ्यो ।

जब सहरीया क्षेत्र प्रदेश राजधानी वीरेन्द्रनगरमा गणना सुरु भयो, रास्वपाले कांग्रेस—एमालेलाई अचम्मित पार्दै मतान्तर बढायो ।

वीरेन्द्रनगर—१ कांग्रेस र ३ र ४ एमालेका गढ हुन् । एमाले नेताहरु यी क्षेत्रलाई आफ्ना कोर एरिया भन्ने गरेका छन् ।

तर यी सबै वडामा रास्वपाले अग्रस्थान मत पायो । वडा नम्बर ४ एमालेको किल्ला हो, एमाले सचिव तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको निजी निवास क्षेत्र हो, तर यहिँबाट घण्टीले सबैभन्दा धेरै १९४९ मत ल्यायो । यहाँ एमालेले ७०७ मत पायो भने कांग्रेसले ४७५ पायो । नेकपाले ११७ मत पायो ।

यहाँ मात्र होइन् धेरै जसो वडाहरुमा रास्वपाले अग्रस्थान मत ल्याउने आकलन गरिएको छ ।

यस्तै, सुर्खेत–२ मा १ लाख २७ हजार ६६८ मतदाता संख्या रहेकोमा ५७।४६ प्रतिशत अर्थात् ७३ हजार बराबर मत खसेको छ ।





error: Content is protected !!