काँग्रेस उम्मेदवार बुढाकै पालिकामा बुढाकै अग्रता

जाजरकोट ःप्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा जाजरकोट जिल्लाको १ निर्वाचन क्षेत्रमा ३ ः २० बजेसम्मको प्राप्त परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार खडकबहादुर बुढाले १२५७ प्राप्त गरी अग्रता लिनुभएको छ ।
सहायक निर्वाचन अधिकृत धर्मबहादुर बुढाका अनुसार नेकपा एमालेका उम्मेदवार डम्वरबहादुर सिंहले ५५९ मत प्राप्त गरेर बुढालाई पछ्याउँदै हुनुहुन्छ । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतले ३८४ मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ । रास्वपा उम्मेदवार राघव कार्कीले ९१ मत पाउनुभएको छ । शिवालय गाउँपालिका ४,५,६,७,८ र ९ को भोट गणना भएको हो । शिवालय गाउँपालिकाबाट ४५९० मत खसेको थियो ।
सो निर्वाचन क्षेत्रमा कुल १ लाख ६ हजार ९२ मतदाता भएकामा ६० हजार ५६७ मत खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा ११ जना प्रत्यासी हुनुहुन्छ । काँग्रेस उम्मेदवार बुढाको पालिकाबाट मत गणना सुरु गरिएको छ ।









