१० बजेबाट जाजरकोटमा मतगणना

जाजरकोट ,२२ फागुन ः बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको सबै मतपेटिका जाजरकोट सदरमुकाममा पुगेपछि सुक्रबार विहान १० बजे देखि मतगणना सुरु हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत धर्मबहादुर बुढाका अनुसार जाजरकोटमा १४८ वटा मतदान केन्द्रको मतपेटिका सदरमुकाममा ल्याइएको छ । सर्वदलिय बैठक सकेर १० बजे देखि मतगणनाको काम सुरु हुने उहाँले जानकारी दिनुभयो । जाजरकोटमा ५७ प्रतिशत भोट खसेकोजाजरकोटमा १ लाख ७ हजार ९१ मतदाता रहेका थिए ।









