ठुला राजमार्गले जाजरकोटलाई संमृद्धि तीर लिएको छ ः पूर्व गृहमन्त्री बस्नेत

जाजरकोट ः जाजरकोट जिल्ला भएर ठुला राजमार्ग निर्माण कार्य जारी रहेको पूर्व गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले बताउनुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारसँग अन्तर्संवाद कार्यक्रममा उहाँले यस्तो कुरा बताउनुभएको हो ।

मध्य पहाडी लोक मार्ग , भेरी कोरिडोर तथा लुम्बिनी रारा राजमार्गले जाजरकोटको सडकमा ठुलो क्रान्ति ल्याएको उहाँले जानकारी दिनुभयो । विकास निर्माणका काम गर्दा कतिपय छिटो हुन्छन् भने कतिपय समय लाग्ने गरेको उहाँको भनाई रहेको छ । रणनीतिक महत्वको सडक निर्माण गर्दा तोकिएको समय सीमा भित्र निर्माण नहुँदा जनताहरूमा बढेको आक्रोश स्वाभाविक भएको भन्दै पूर्व मन्त्री बस्नेतले यो विषय समाधानका लागि आफू लागिपरेको बताउनुभयो । भूकम्प पीडितको माग सम्बोधन गर्नका लागि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेका काम बाहेक पछिल्लो केपी ओली नेतृत्वको सरकारले केही नगरेको बस्नेतले बताउनुभयो ।

तत्कालीन माओवादी नेतृत्वको सरकारले भूकम्प पीडितका विषयमा गरेका कामहरू पछिल्ला सरकारले अगाडी नबढाउँदा हाल समस्या उत्पन्न भएको उहाँले जानकारी दिनुभयो । पूर्वाधारका कामहरू तीव्र गतिमा गएको भन्दै उहाँले अब शिक्षा , स्वास्थ्य तथा रोजगारका विषयमा समेत आफू लागिपरेको बताउनुभयो । नलगा जलविद्युत आयोजनाको डिपिआरको काम आफू मन्त्रीसन्त्री हुँदा नै पुरा भएको भन्दै बस्नेतले अब लगानी जुटाएर निर्माण कार्य तीर लिइने बताउनुभयो ।

मन्त्री हुँदै गर्दा नलगा जलविद्युत आयोजनाको निर्माणका लागि बिभिन्न विकास साझेदार निकायसँग छलफल भएको स्मरण गदै उहाँले सरकारबाट बाहिरिएर पछि नलगाडलाई पछिल्लो सरकारले प्राथमिकतामा नराख्दा काम हुन नसकेको बताउनुभयो । भेरी करिडोरमा सुर्खेत देखि जाजरकोटको नलगा नगरपालिकाको दानीपिपलमा ४०० केभी प्रशारण लाइन निर्माणको काम सुरु भएको उहाँले बताउनुभयो । यो प्रोजेक्टले २२ सय भन्दा बढी मेगावाट विद्युत प्रशारण लाइनमा जोडिने समेत उहाँले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!