भेरी करिडोरमा ४०० केभी प्रसारण लाइन निर्माण हुने , २ हजार ४०० मेगावाट भेरीको विद्युत् खरिद विक्री गर्न सहज हुने अपेक्षा

हेमन्त केसी
जाजरकोट , ८ माघ ः भेरी कोरिडोर भित्र रहेको विद्युतलाई केन्द्रीय प्रसारणमा जोडनका लागि ४०० केभी प्रसारण लाइन निर्माण गर्न प्रक्रियागत काम सुरु भएको छ । सुर्खेतको भेरी गंगा नगरपालिका–८ मैनतडा र जाजरकोट नलगाड नगरपालिका–७ दानी पिपलमा सम्माप्रशारण लाइन निर्माण हुने भएको छ ।

करिब ७५ किलोमिटर लम्बाइमा प्रसारण लाइन निर्माण गरेर १३२ केभी प्रसारण लाइननमा विद्युत् जोडनका लागि यो काम सुरु भएको राष्ट्रिय प्रसारण ग्रिट कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले बताए । हाल मैनतडा र दानी पिपलमा जग्गा अधिग्रहणको काम पुरा भइकेको छ । भेरी नदी , जगदुल्ला नदी , उत्तर गङ्गा नदी सानी भेरी नदीमा उत्पादन भएको विद्युतलाई दानी पिपल स्थित सव स्टेसन मार्फत सुर्खेतको मैनतडा पुर्‍याउने उद्देश्य रहेको छ । मैनतडाबाट १३२ केभी प्रसारण लाइन मार्फत अन्य ठाउँमा विद्युत् लिने काम हुने कम्पनीका अधिकृत श्रेष्ठले जानकारी दिए । ८ अर्ब रुपैयाँमा प्रसारण लाइन निर्माण हुने प्रस्ताव गरिएको छ ।

त्यस्तै ६ अर्ब रुपैयाँमा दानी पिपल र मैनतडामा सव स्टेसन निर्माण गर्न लागिएको उनले जानकारी दिए । तत्कालीन उर्जामन्त्री शक्तिबहादुर बस्नेतकै पालामा जग्गा अधिग्रहणको काम पुरा भइसकेको थियो । त्यस्तै नलगाड जलविद्युत आयोजना ४१७ मेगावाटको डिपिआर समेत पुरा भइसकेको थियो । त्यस्तै बस्नेतकै पालामा जगदुल्ला जलविद्युत आयोजनाको प्रक्रियागत ९० प्रतिशत काम पुरा भएको थियो । हाल उक्त आयोजना निर्माण चरणमा गएको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिए । ग्रिड कम्पनीका सिइओ श्रेष्ठका अनुसार बजेट व्यवस्थापनको काम सुरु भएको छ । आयोजना निर्माण गर्नका लागि कुन मोडलमा जाने भन्ने विषयमा समेत छलफल जारी रहेको छ । जुन मोडलमा काम गर्न सहज र छिटो हुन्छ त्यही मोडलमा जानका लागि प्रक्रियागत रूपमा अगाडी बढाएको छ । जाजरकोट मात्र नभई कर्णालीकै भविष्यसँग जोडिएको यो आयोजना निर्माण गर्नका लागि अर्थ मन्त्रालयले सहमति दिन साथ काम सुरु हुने उनले जानकारी दिए ।

तत्कालीन उर्जामन्त्री शक्तिबहादुर बस्नेतको विशेष पहल रहेको यो आयोजना केपी वली नेतृत्वको सरकारले निर्माणमा ध्यान दिएको थिएन । जाजरकोट नलगाड नगरपालिका–७ स्थित दानी पिपलमा ४०० केभी र सुर्खेतको भेरी गंगा नगरपालिका–८ मैनतडा प्रसारण लाइनको सव स्टेसन निर्माणका लागि उक्त रकम लाग्ने भएको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर सागर श्रेष्ठले जानकारी दिए।

कूल ४०० केभी क्षमताको सो प्रसारण लाइनले दुई हजार ४०० मेगावाट बराबरको बिजुली प्रवाह गर्न सक्ने विभागले जनाएको छ । तत्कालीन उर्जामन्त्री शक्तिबहादुर बस्नेतको विशेष पहल रहेको यो आयोजना केपी वली नेतृत्वको सरकारले निर्माणमा ध्यान दिएको थिएन । जाजरकोट नलगाड नगरपालिका–७ स्थित दानी पिपलमा ४०० केभी र सुर्खेतको भेरी गंगा नगरपालिका–८ मैनतडा प्रसारण लाइनको सव स्टेसन निर्माणका लागि उक्त रकम लाग्ने भएको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर सागर श्रेष्ठले जानकारी दिए।
भेरी नदीबाट निर्माण हुने विद्युत् आयोजनाहरू, जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट, जगदुल्ला जलविद्युत आयोजना ८२।३ मेगावाट, नलगाड जलविद्युत आयोजना ४१७ मेगावाट विद्युत् र सानी भेरी नदीबाट उत्पादित विद्युत् नलगाड नगरपालिकाको दानी पिपलमा जम्मा गरेर सुर्खेतको मैनतडा सव स्टेसनमा पठाएर राष्ट्रिय प्रसारणमा जोडिने लक्ष्य छ।

२ हजार २०० मेगावाट विद्युत् यसबाट प्रवाह गर्ने लक्ष्य लिइएको छ । प्रसारण लाइनको विस्तृत अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको छ। १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजना, करिब ८२ मेगावाटको जगदुल्ला ‘ए’ लगायतका आयोजना विद्युतसमेत यही प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा आउनेछ। सरकार आफैँले निर्माणको योजना बनाएको हो भने जगदुल्ला ‘ए’ को अहिले सम्भाव्यता र इआईए अध्ययन चलिरहेको छ। भेरी कोरिडोरभित्र ठूलाठूला आयोजनाहरू निर्माण हुन लागेकाले नेपाल विद्युत् प्राधिकरणको बाफिकोट सब स्टेसनमा जोडिने बिजुलीसमेत नलगाडको दानी पिपलमै ल्याइने भएको बताएको छ। यहाँ २ हजार ५०० मेगावाट विद्युत् यस सव स्टेसनबाट बाहिर जाने लक्ष्य रहेको छ। दानी पिपल लगायतका सव स्टेसन निर्माण कार्य सुरु गरेको ४ वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको छ। डबल सर्किट प्रसारण लाइन भएकोले पनि यो महत्त्वपूर्ण रहेको छ। सुरुको नलगाड सब स्टेसन दानी पीपल र अन्तिम बिन्दु सुर्खेतको मेनटाडा सब स्टेसनमा रहने छ। प्रसारण लाइन जाजरकोटबाट सुरु भएर रुकुम, सल्यान हुँदै सुर्खेत पुग्नेछ।

प्रसारण लाइनका लागि जग्गा मूल्याङ्कनको काम बाँकी रहेको छ। ६ हजार ९ सय २० रोपनी जग्गा अधिग्रहण गरिनेछ। सन् २०२३ डिसेम्बरबाट निर्माण थालेर सन् २०२७ नोभेम्बरमा सक्ने योजना कम्पनीले लक्ष्य भए पनि आर्थिक व्यवस्थापनको काम नहुँदा ढिला हुन पुगेको थियो । यस क्षेत्रमा ठुला रूख, तथा धेरै जग्गा अधिग्रहण नहुने देखिएको कम्पनीले जनाएको छ। कोहलपुरबाट सुर्खेत सम्म अहिले १३२ केभी प्रसारण लाइनको काम चालु अवस्थामा रहेको छ। माघ २० गते सम्मा यो लाइन चार्जिङ सुरु हुने छ । अहिले ११ र ३३ केभी प्रसारण लाइनको काम जाजरकोट हुँदै डोल्पा सम्मा निर्माण कार्य जारी रहेको छ। जाजरकोटका तीन ठाउँमा सव स्टेसन निर्माण गर्नका लागि ठेक्का लागेर काम हुने चरणमा पुगेको छ भने चौखामा निर्माण कार्य पुरा नै भइसकेको छ। भेरी नदीबाट विद्युत् निकाल्नका लागि ठाउँ ठाउँमा अध्ययनका कामहरू भइरहेका छन्।




सम्बन्धित समाचार


error: Content is protected !!