नेपाली काँग्रेसले कर्णालीका ११ निर्वाचन क्षेत्रमा मात्र उम्मेदवारी टुँगो लाग्यो

सुर्खेत ,६ माघ ः नेपाली कांग्रेसले कर्णालीका ११ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ । कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १२ निर्वाचन क्षेत्र छन् ।

कर्णालीबाट सुर्खेत क्षेत्र नम्बर– १ भने अझैँ नटुगिएको नेपाली काँग्रेसका नेता वेदराज सिंहले जानकारी दिनुभयो । रुकुम पश्चिमा राजु केसीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । उम्मेदवार नटुङ्गिएर ‘होल्ड’ रहेको सुर्खेत– १ संस्थापनपक्षका कार्यवहाक सभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र हो । सुर्खेत कांग्रेसले खड्कालाई यस क्षेत्रबाट एकल सिफारिस गरेको छ ।

कांग्रेसले कर्णालीबाट हुम्लाका जयपति रोकाया, मुगका खड्गबहादुर शाही, जुम्लाका दीपबहादुर शाही, कालीकोटका हर्षबहादुर बमलाई टिकट दिएको छ । यस्तै, डोल्पाबाट कर्णबहादुर बुढा, सल्यानबाट केषबहादुर विष्ट, दैलेख–१ बाट बाषना थापा, दैलेख–२ बाट दिक्पाल शाही, सुर्खेत–२ बाट नारायण कोइराला र जाजरकोटबाट खड्कबहादुर बुढा र रुकुम पश्चिमबाट राजु केसीलाई टिकट दिइएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!