दश महिना अघि निर्माण भयो कर्णाली प्रशिक्षण प्रतिष्ठान भवन निर्माण


सुर्खेत ः कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन सम्झौता मितिले १० महिना अगाडी नै निर्माण कार्य सम्पन्न भएको छ ।
बीरेन्द्रनगर –८ मा निर्माण भएको उक्त भवन रु १६ करोड पचास लाखमा निर्माण कार्य सम्पन्न भएको कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । जीपी बिल्डर्स, काठमाडौंले २०८३ असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी २०८० असार ठेक्काको सम्झौता गरेको थियो ।
सम्झौता मितिले १० महिना अगावै अर्थात् भदौमा नै निर्माण सम्पन्न गरेको कार्यकारी निर्देशक शाही बताउनुभयो । पूर्वाधार विकास निर्देशनालयले उक्त भवन निर्माण गरेको भवन चार तले रहेको छ । अहिले प्रदेश सरकारका अधिकांश कार्यक्रमहरु यही सञ्चालन हुने गरेको छन् ।







