कोइला बाल्दा आमा बेहोस ,छोरीको मृत्यु

सुर्खेत / बीरेन्द्रनगर १२ मा कोइलाबाली सुतेको अवस्थामा भेरीगँगा नगरपालिका –२ की तारा बुढाकी ३८ दिनकी छोरी प्रतिक्षा बुढाको मृत्यु भएको छ ।
बीरेन्द्रनगर १२ मा मान बहादुर चन्दको घरमा कोठा भाँडा गरी बस्दै आउनु भएकी ३२ वर्षीया तारा बुढा, उहाँकी भदैनी १३ वर्षीया संगम बुढा, १० वर्षीय छोरा प्रकाश बुढा, ३८ दिनकी छोरी प्रतिक्षा बुढा कोठामा कोइला बाली सुतेको अवस्थामा विहीबार विहान प्रतिक्षाको मृत्यु भएको थियो ।
सोमबार बिहान ९ ः ४५ बजेको समय सम्म कोठाबाट कोही नउठेपछि घर बेटि चन्दले बोलाउदा छोरा प्रकाश बुढाले ढोका खोलेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्याम प्रकास यादवले जानकारी दिनुभयो । ढोका खोल्दा तारा बुढा, संगम बुढा, बेहोस अवस्थामा रहेको र प्रकाश बुढा सामान्य अवस्थामा भेटिएपछि तीन जनालाई उपचारको लागि प्रदेश अस्पताल कालागाँउ लगिएको छ । अहिले सबैको अस्पतालमा उपचार जारी रहेको सूचना अधिकारी यादवले बताउनुभयो ।







