जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष शाहीले कर्मचारी कुटे

जाजरकोट ः जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बीरेन्द्र शाहीले कर्मचारी कुटेको आरोप लागेको छ । सेवाग्रहीको काम गरिरहेको समयमा मदिरा सेवन गरेर आएका उपाध्यक्ष शाहीले गाउँपालिकामा कार्यरत लालबहादुर शाहीलाई कुटपिट गरेको हुन् ।
पीडित कर्मचारी शाहीले सामाजिक सञ्जालमा उपाध्यक्षले कुटेर घाइते बनाएको भन्दै लामो स्टाटस समेत लेखेका छन् । उनले स्टाटसमा लेखेका छन् । ‘जुनिचादे गाउँ पालिका वडा न २ बस्ने धन बहादुर गिरिलाइ नेपालगन्ज मेडिकल कलेज कोहलपुरले पेटको क्यान्सर प्रमाणीत भएको सिफारिस अफिस बन्द गर्ने बेलामा वडा न २ को अध्यक्ष ज्युले उपलब्ध गराइ आपतकालीन समय मा सिफारिस गर्न लगाइ मैले हाकिम सापको सहि गराइ प्रशासन शाखामा चलानी र कार्यलयको छाप हान्ने क्रममा गाउँपालिकाका उपाध्यक्ष बिरेन्द्र बहादुर शाही मदिरा सेवन गरेको अवस्था मा प्रवेश गरि अनावश्यक गाली बेइज्जत र हातपात गरेपछि म भागी स्वास्थ शाखामा गै अफिस बन्द गर्ने क्रममा पुन उपाध्यक्ष माथी गै फेरि मेरो कन्चट मा हानी रक्ताम्य बनाइ ल जा मुद्दा गर आज मलाई आउने फोन सबै तेरो कारण ले मात्र आउने छ यदि फोन आयो भने मेरो केटाहरु लगाइ तेरो सास हाली म जेल जान्छु भनी धम्की दियकाले आजको दिनदेखि म माथी आइपरेका सम्पूर्ण समस्या को जवाफदेही उपाध्यक्ष हुने कुरा सम्पूर्ण आफन्त हरुमा जानकारी गराउदछु ।’
हुन त गाउँपालिकाका उपाध्यक्षले मदिरा सेवन गरेर यो काम गरेको नयाँ भने होइन । पीडित कर्मचारीले प्रहरी चौकी जुनिचाँदेमा उजुरी समेत दिएका छन् ।








