गोलि लागेर जाजरकोटमा सिंहको मृत्युपछि हतियार सहित पाँच सिकारी पक्राउ

सुर्खेत ,१६ पुस ः पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ को मिरिकोट खारा जंगलमा गोलि लागेर प्रचण्डदेव सिंहको मृत्यु भएको आरोपमा अन्य पाँच जना सिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

मृतक प्रचण्डदेव सहित सोही वडाका स्थानीय ४५ बर्षीय इन्द्रबहादुर सिंह , ५४ वर्षीय मीमबहादुर सिंह , २४ वर्षीय राजिव शाही , ४४ वर्षीया जनक कार्की , ३१ वर्षीया लालबहादुर सिंह सँगै जंगलमा सिकार खेल्न गएको प्रहरीले जनाएको छ ।

सिकार खेल्न गएका ६ जना मध्य प्रचण्डदेवलाई गोलि लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधिर कुमार खडकाले जानकारी दिनुभयो । पक्राउ परेकाहरुबाट तीन थान भरुवा बन्दुक , फलामको दुइ थान चक्कु , बारुद १३५.१८ ग्राम , भरुवा बन्दुकमा प्रयोग हुने ११ थान गोली बरामत गरिएको सूचना अधिकारी खडकाले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई आजै हतियार तथा खरखजना मुद्धामा जिल्ला अदालत जाजरकोटमा सात दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!