डोल्पामा सेनाले गर्भवतीको उद्धार गरेर अस्पताल पुर्यायो

डोल्पा ः डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –२ रसीकी २४ बर्षीया विनाकुमार बुढाको नेपाली सेनाले मेडिकल टिमले उद्धार गरेर दुनै अस्पतालमा पुर्याएको छ ।
आफन्तहरुले सदरमुकाम दुनै अस्पतालमा ल्याउने क्रम्मा गर्भवती बुढाको स्वास्थ्यमा बढी समस्या नेपाली सेनाको श्री संग्राम शार्दूल गुल्म, सुलिगाड व्यारेकबाट मेडिकल टिम सहित खट्टिएको टोलीले गर्भवतीलाई तत्काल अस्पतालमा पुर्याएर समयमै उपचार सम्भव बनाएको गर्भवती बुढाका श्रीमान विक्रम बुढाले जानकारी दिनुभयो ।








