मुगुका दुई पालिकामा भाइरल ज्वरो प्रकोप , पाँच जनाको मृत्यु

मुगु ः मुगुका तीन पालिकामा भाइरल ज्वरोका कारण पाँच जनाको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका–१२ बाममा ज्वरोका कारण पाँच जनाको मृत्यु भएको हो ।
तीन वृद्ध र दुई बच्चाको मृत्यु भएको खवर आएको सहायक प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रले जानकारी दिनुभयो । हाल सम्मा दुई ठाउँमा भाइरल ज्वारो फैलिएको पुष्टि भएको उहाँले जानकारी दिनुभयो । छायाँनाथ रारा र मुगूम कार्मारोङ गाउँपालिकाका विरामीको नमुना परीक्षण गर्दा भाइरल ज्वरो भएको पुष्टि भएको उहाँले जानकारी दिनुभयो । सोरु गाउँपालिकाका बिरामीहरुको प्रयोगशालामा जाँच हुन बाँकी रहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मिश्रले भन्नुभयो ,“ अहिले हेर्दा दुई पालिकामा फैलिएको देखिन्छ । नियन्त्रण नहुने हो भने थप स्वास्थ्यकर्मी तथा औषधिको आवश्यक पर्न सक्ने सम्भावना छ । डेड हप्ता देखि यहाँ यस्तो खालको समस्या आएको वडाध्यक्षहरुले जानकारी दिनुभयो छ । ” यत्ता स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख निर्मल नगरकोटीले दिर्ग रोगी तथा बालबालिकामा धेरै असर गरेको बताउनुभयो । चिसोका कारण समस्या आएको उहाँको भनाई रहेको छ । मृत्यु हुनेहरु दिर्गरोगी भएको समेत उहाँको भनाई छ ।
स्वास्थ्य सेवा कार्यालयबाट शिविर सञ्चालन गर्दा मुगूम कार्मारोङको २५० जनाको उपचार गरिएको छ । मार्गी ९० , छाइला ५२ , मह १४० , पापुमा ८८ जना ज्वरोको बिरामीको उपचार भएको उहाँको भनाई रहेको छ । शिविरमा खटिनुभएकी डाक्टर पुजा आचार्यले दैनिक ६० भन्दा बढी बिरामीहरु अस्पतालमा उपचारका लागि आउने गरेको भएपनि ५० प्रतिशत भन्दा बढी ज्वारोकै भएको बताउनुभयो । दम र निमोनियका बिरामीलाई धेरै समस्या भएको उहाँले जानकारी दिनुभयो । चिसोका कारण धेरै समस्या आएको चिकित्सकहरुको भनाई रहेको छ ।
मुगुका स्थानीय युवा आशीष देवकोटाको नेतृत्वमा गएका युवाले स्वास्थ्य तथा जनसंख्यमन्त्री डा सुधा गौतमलाई ज्ञापनपत्र बुझाउदै जिल्ला अस्पतालको कमजोर अवस्था र दिनानुदिन बढ्दो बिरामीको चापले स्थिति नियन्त्रणबाहिर जान सक्ने भन्दै आपतकालीन हस्तक्षेप अपरिहार्य रहेको बताएका छन् । पुरानो एक्सरे मेसिन बिग्रिएर समस्या हुँदा सामान्य मर्मत पछि कामचलाउ सम्मा बनाएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ । नयाँ एक्सरे मेसिनका लागि सामाजिक विकास मन्त्रालयसँग जानकारी गराएको छ ।







