सुर्खेतमा कर्णालीका दश जिल्लाको सुरक्षा गोष्टी सुरु

सुर्खेत ः कर्णालीका दश जिल्लाको सुरक्षागोष्टी प्रदेश राजधानी बीरेन्द्रनगरमा सुरु भएको छ । चुनाव केन्द्रीत सुरक्षा गोष्टीमा गृहमन्त्री ओमप्रकास अर्याल , मुख्यमन्त्री यामलाल कँडेल , कर्णालीका मुख्यसचिव बीरेन्द्रकुमार यादव , नेपाली सेनाका बलाधिकृत रथी गणेश कुमार श्रेष्ठ , नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की , सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल , राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की , प्रदेश सरकारका सचिवहरु , कर्णालीका १० जिल्लामा प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रमुखहरु यो कार्यक्रममा सहभागी भएका छन् । फागुन २१ गते हुने चुनावलाई लक्षित गरेर सुरक्षाका विषयमा व्यापक छलफल हुने गृहमन्त्रालयका सहसचिव आनन्द काफ्लेले जानकारी दिनुभयो । कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव पुष्पराज शाहीले प्रदेशगत सुरक्षा चुनौतीका विषयमा प्रस्तुती राख्नुभएको छ ।


त्यस्तै कार्यक्रममा १० वटै जिल्लाको जिल्लागत खुल्ला प्रस्तुती हुने सहसचिव काफ्लले जानकारी लिनुभयो । सुरक्षागोष्टीमा गृहमन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट प्रस्तुती हुने छ । सुरक्षा निकायका प्रमुखहरुले छलफलमा उठेका कुराहरुको विषयमा आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ । आजै सम्पन्न हुने कार्यक्रममा हिमाली जिल्लाहरुमा चिसोका कारण चुनावमा पर्ने प्रभावका विषयमा समेत छलफल हुने गृहमन्त्री अर्यालले जानकारी दिनुभयो । चिसो तथा हिमपात हुने ठाउँको चुनाव तलमाथी हुन सक्ने समेत उहाँको भनाई रहेको छ । देशलाई लयमा ल्याएर फागुन २१ मा चुनाव गराई जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण हुने समेत उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ,‘ यो सरकार चुनाव गराउन प्रतिवद्ध छ , यसका कुनै शंका छैन । त्यसैले राजनीतिक दलहरु समेत चुनावका लागि तयार भइसक्नुभएको छ । यो सकरात्मक कुरा हो ।’

जेनजी उमेर समुह पनि अहिलेको राजनीतिक दलहरुमा प्रवेश पाएको भन्दै गृहमन्त्री अर्यालले अहिलेको सरकारले पनि जेनजीका मागहरु सम्वोधन गरेर अगाडी बढीरहेको बताउनुभयो । जेनजी समुहको म्याण्डेट अनुसार स्वतन्त्र र निष्पक्ष चुनाव गराई जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने रहेको उहाँले जानकारी दिनुभयो । विधिको शासन , संवैद्यानिक सरकारको जन्म भएको उहाँले बताउनुभयो । यो संविधानलाई जोगाउनका लागि पनि चुनाव हुनुपर्ने उहाँले बताउनुभयो । फेरी पनि यो देशमा द्धन्द्ध जन्मिनु हुँदै भन्ने हामीलाई लाग्छ उहाँले भन्नुभयो , “ जेनजीका मागहरु पुरा गरेका छौँ । जेनजीका घाइते तथा सहिदको एकिन समेत गरेका छौँ । जेनजी जनआन्दोलन दिवस मनाउने निर्णय समेत गरेका छौँ ।” जेनजी नयाँ पुस्तालाई राजनीतिक मुलधारमा ल्याउनुपर्नेमा गृहमन्त्रीको जोड रहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!