गृहमन्त्री अर्यालद्धारा भेरी बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको निरीक्षण

सुर्खेत ः गृहमन्त्री ओमप्रकास अर्यालयले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको निरीक्षण गर्नुभएको छ ।
कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि सुर्खेत आउनुभएका गृहमन्त्री अर्यालले भेरीगंगा नगरपालिका–११ मा निर्माणाधीन भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण गर्दै आयोजनामा देखिएका कानुनी अप्ठ्यारा फुकाउन सरकार सक्रिय रहेको बताउनुभयो । उहाँले बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन समेत दिनुभएको छ । यो आयोजना निर्माण भएमा विद्युत तथा सिँचाई क्षेत्रमा फाइदा हुने देखिन्छ ।
भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका डिभिजन इन्जिनियर भरत पाठकले आयोजनाले ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको मन्त्री अर्याललाई जानकारी दिनुभयो । उहाँले १२ किलोमिटर सुरुङ निर्माण कार्य पुरा भइसकेको बताउनुभयो । अब इलेक्ट्रोमेकानिकल हाइड्रोमेकानिकलको काम बाँकी रहेको समेत पाठकले जानकारी दिनुभयो । बुधबार आठ विहान देखि सुरक्षा गोष्टीमा मन्त्री अर्याल सहभागी हुने कार्यक्रम रहेको छ ।







