उपल्लो डोल्पामा मुस्ताङबाट सडक ,विद्युत लाइन विस्तार गर्न माग

हेमन्त केसी
बीरेन्द्रनगर , ८ पुस ः उपल्लो डोल्पाका तीन पालिकामा मुस्ताङबाट सडक तथा विद्युतको सेवा दिन आग्रह गरिएको छ । मंगलबार मन्त्री कुलमान घिसिङसँग छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले ज्ञापन पत्र बुझाउदै यो कुराको माग गरेका हुन् ।
उपल्लो डोल्पामा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका कारण हाल भेरी करिडोरबाट समय लाग्ने भएकाले तत्काल मुस्ताङबाट सडक जोडन आग्रह गरिएको छ । त्यस्तै विद्युत लाइन समेत मुस्ताङबाट नै जोडन माग गरिएको छ । भौतिक पुर्वधार तथा यातायात , उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री घिसिङलाई ज्ञापन पत्र बुझाउदै मुस्ताङ साडटा देखी डोल्पाको छार्काताङसोङ गाउँपालिका– १ याक खर्क सडक जोडन आग्रह गरिएको छ ।
माथिल्लो डोल्पाका छार्का ताङसोङ , डोल्पो बुद्ध र शे–फोक्सुन्डो गाउँपालिकामाको चौतफी विकासका लागि सरकारले ध्यान दिन नसकेको भन्दै संघ सरकारले छोटो बाटो रोजेर विकासको मुलधारमा ल्याउन समेत आग्रह गरिएको छ ।
जनताको चौतफी विकासका प्रमुख आधारहरु पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि र अन्य सरल, सहज र सवल पहुँच पुर्याइ देशको आर्थिक र सामाजिक विकासमा टेवा पुरयाउनु समेत माग गरिएको छ । सिजनल तिब्बत संगको व्यापारमा माथिल्लो डोल्पाका स्थानीय तहहरु ट्रान्जीट बिन्दु बनाई त्यस बाट प्रशस्त लाभ उठाउन सक्ने प्रचुर सम्भावना भएकोले माथिल्लो डोल्पाका तीन वटै स्थानीय तहका जनताको जीवनस्तर सुधार ल्याउन समेत आग्रह गरिएको छ । उपल्लो डोल्पाको विकासका लागि संघ सरकारले आवश्यक बजेट बिनियोजन गर्न समेत माग गरिएको छ ।
सोमबार मात्र नेपाल टेलिकमको फोरजी सेवा विस्तार गर्न सञ्चार तथा सूचना प्राविद्यिमन्त्री जगदीश खरेललाई ज्ञापन पत्र बुझाएको थियो । उपल्लो डोल्पामा जनता मात्र नभई सिमा रक्षक समेत भएको भन्दै विकास निर्माणमा ध्यान दिन यहाँका जनप्रतिनिधिले जोड दिदै आएका छन् । उपल्लो डोल्पाको ‘धो’ मा इलाका प्रशासन कार्यालय स्थापना गर्न सरकारले निर्णय गरिसकेकाले यहाँका स्थानीयवासीहरु खुसी भएका छन् । त्यस्तै सिमा सुरक्षा क्याम्प (बिओपी) स्थापना गर्न समेत माग गरिएको छ । त्यस्तै सिमा क्षेत्रमा राजश्व कार्यालय समेत स्थापना गर्न उपल्लो डोल्पाका स्थानीयबासीको माग रहेको छ । उपल्लो डोल्पामा तीन पालिकामा ६ महिना हिमपातले गर्दा काम गर्न असहज हुने गरेको छ । विकास निर्माणका कामहरु समेत ६ महिना बन्द हुने गरेका छन् ।
गर्मीयाम सुरु भएपछि मात्र यहाँ विकास निर्माणका कामहरु हुने गर्दछन् । उपल्लो डोल्पा पर्यटनका हिसावले समेत महत्वपूर्ण रहदै आएको छ । विकासको मुलधारमा नआएका कारण पर्यटनको पहुँच अझैँ बढन नसकेको अवस्था रहेको छ । हाल सम्मा शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज हुँदै फोक्सुण्डो ताल घुम्न जानेको संख्य २० हजार पुगेको छ । त्यस्तै १३ औँ शताब्दीमा निर्माण भएको शे गुम्वा हेर्न तथा पुजा गर्न जानेको संख्य ठुलो भएपनि सडक पूर्वाधार नहुँदा समस्या हुँदै आएको छ ।
१२ वर्षमा लाग्ने शे मेला तथा क्रिस्टल माउण्टेन हेर्न समेत बुद्ध धर्मावलम्बी यहाँ पुग्ने गरेका छन् । हिउँ चितुवाको लागि समेत यो क्षेत्र महत्वपूर्ण मानिन्छ । उपल्लो डोल्पामा १२० भन्दा बढी हिउ चितुवा रहेको सर्वेक्षणले देखाएको छ । धेरै महत्वपूर्ण क्षेत्रको रुपमा रहेको हिमाल भित्र रहेका तीन पालिका विकासको मुलधारमा आउन नसक्दा यहाँका स्थानीयबासीहरु पीडा व्यक्त गर्दछन् । सदरमुकाम दुनै आउन र जान मात्र उपल्लो डोल्पाका स्थानीयबासीलाई हप्ता दिन लाग्ने गरेको छ ।
भेरी करिडोरबाट निर्माणधिण सडक निर्माण समेत समय लाग्ने भएकाले यहाँका तीन पालिकालाई यातायातको समस्या हुँदै आएको हो । दुनैबाट लासिक्याप सम्मा ठेक्का लागेको लामो समय सम्मा पनि २० प्रतिशत भौतिक प्रगती नहुँदा सडकको कहिले पुग्न भन्न नसकिने अवस्था रहेको छ । लासिक्याप भन्दा माथीको भाग नेपाली सेनालाई निर्माण गर्नका लागि दिने भनिएपनि मन्त्रीपरिषदले निर्णय नगर्दा काम अलपत्र पर्दै आएको छ ।







