फोक्सुण्डो पदमार्गमा डाँगीद्धारा फोहोर संकलन

डोल्पा ः डोल्पाको सुलिगाड देखि फोक्सुण्डो पदमार्गमा सरसफाई थालिएको छ । ठुलिभेरी नगरपालिका ८ का सुवर्ण कुमार डाँगीले उक्त फोहोर संकलनको काम थालेका हुन् ।
चिसो तथा हिमपातका कारण माननीय गतिविधि कम भएको समय पारेर पदमार्गमा फोहोर संकलन कार्य थालिएको हो । डाँगी पर्यटकका गाइड हुन् । उनले व्यक्तिगत रुपमा फोहोर संकलनको काम सुरु गरेको बताएका छन् । हाल सम्मा ५०० केजी फोहोर संकलन भएर सुलिगाड पुर्याएको उनले बताए ।
शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज लगायत अन्य निकायबाट कुनै पनि सहयोग नभएको उनले बताए । पदमार्गमा फोहोर जम्मा भएर कुरुप भएको भन्दै उनले एकल प्रयासमा यो काम भइरहेको बताए ।








