एघार वर्ष देखि मध्यपहाडी लोकमार्ग जाजरकोट खण्ड अधुरै

हेमन्त केसी
बीरेन्द्रनगर /  मध्यपहाडी लोकमार्ग ११ वर्ष देखि अधुरै रहेको छ । जाजरकोट खण्डको ८५ किलोमिटर सडक मध्य हाल सम्मा ५५ किलोमिटर मात्र कालोपत्रे भएको छ ।

लोकमार्गको कुदु देखि थलह सम्माको भाग अझैँ निर्माण कार्य पुरा भएको छैन । थलह देखि सुवाया सम्मको सडक निर्माण कार्य पुरा भई निर्माण व्यवसायीले जिम्मा समेत लगाइसकेको अवस्था रहेको छ । ३० किलोमिटर काम नहुँदा वर्षेनी समस्या हुँदै आएको छ । यसै सडक खण्डमा पर्ने ६९७ मिटर लामो मन्ता भीर समेत ११ वर्ष देखि कटान हुन सकेको छैन । योजना प्रमुख ईन्जिनियर निरञ्जन थापाले निर्माण व्यवसायी फेरी काममा फर्केको बताए । शर्मा÷ सिंह ब्रोर्दश , काठमाडौँले यो सडक खण्डको ठेक्का लिएको थियो । मन्ताभीर खण्डमा सर्वेको काम सुरु गर्ने तयारी भइरहेको ईन्जिनियर थापाले बताए ।

पाँच खण्ड रहेको यो राजमार्ग भेरी नगरपालिकाको कुदुबाट छेडागाड नगरपालिकाको सुयाडामा टुङ्गिन्छ । कुदु–स्याउलीखोलासम्मको १७ किलोमिटर सडक २०७५ सालमा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि शर्मा सिंह एण्ड ब्रदर्श जेभीलाई २०८१ असोजसम्म निर्माण गर्न समयावधि दिइएको थियो । यसमा ८० प्रतिशत प्रगति देखिएको छ । अठार किमीको भेरी नगरपालिकाको स्याउलेखोला–छेडागाड नगरपालिकाको काँर्कीगाउँसम्मको सडकखण्ड २०७५ सालमा निर्माण गर्नुपर्ने भए पनि हालसम्म सम्पन्न नहुँदा २०८१ पुस मसान्तसम्म म्याद थपिएको थियो । काँर्कीगाउँ मन्ताभिरको १० किलोमिटर सडक २०७६ सालमै सम्पन्न गर्नुपर्ने भए पनि निर्माण नहुँदा २०८१ पुस मसान्तसम्म म्याद थप भएको थियो । यो सडकको ६३ प्रतिशतमात्र प्रगति भएको छ । मन्ताभिर–थलहबजार सम्मको नौ दशमलव ६ किलोमिटर सडक निर्माण गर्ने जिम्मेवारी लिएको शर्मा सिंह एण्ड ब्रदर्श जेभीले हालसम्म उक्त सडक निर्माण नगर्दा समस्या थपिँदै गएको छ । उक्त सडक २०७६ सालमा निर्माण गर्नुपर्ने भए पनि २०८१ पुस मसान्तसम्म म्याद थपिएको थियो । यसको ४५ प्रतिशतमात्र प्रगति भएको छ । ३१ किमी लामो थलह–सुयाडा सडक निर्माण कार्य सम्पन्न भएको छ । यहाँ यातायातका साधन सञ्चालनमा छन् ।

११ वर्षसम्म म्याद थप्दा पनि सडक निर्माण पूरा नहुनु दुःखद भएको स्थानीय राजेन्द्रविक्रम शाहले बताए । यो सडक भेरी करिडोरसँग कुदुमा जोडिने गर्दछ । भेरी नदीमा नौँ वर्षभन्दा लामो समयदेखि पुल निर्माण अधुरै छ । यो सडकले पूर्वीरुकुम, पश्चिमरुकुम हुँदै मध्यजाजरकोट र पश्चिम जाजरकोटबाट दैलेखलाई जोडेको छ । लामो समय देखि काम अपुरो भएपछि संसदीय समितिले अनुगमण गर्ने भनिएपनि प्रतिनिधिसभा विघटन पछि उक्त कार्य सेलाएको छ । हाल नयाँ निर्माण भएको सरकारले ताकेता दिएपछि निर्माण व्यवसायी काममा फर्केको योजना प्रमुख इन्जिनियर थापाले बताए । २०८२ कात्तिक १६ गते पुष्पलाल ( मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखले १५ दिन भित्र ठेक्का अन्त्य गरी कारबाही किन नगर्ने भन्दै सूचना निकालेको थियो । उक्त सूचना निकाले पछि निर्माण व्यवसायी काममा फर्किएर काम गर्न थालेको योजना प्रमुख थापाले जानकारी दिए । २०७५ साउन ४ गते उक्त जेभीले ठेक्का लिएको थियो । यो सडक निर्माण नहुँदा भेरी करिडोरको कुदुबाट दैलेख सम्माको सिधा यातायात अझैँ सूचारु हुन सकेको छैन ।
त्यस्तै लामो समय देखि भेरी पुल समेत निर्माण नहुँदा समस्या हुँदै आएको छ । जाजरकोट भेरी नगरपालिकाको दारेगौरा देखि रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको टाटागाउँ जोडने भेरी नदीको पुल निर्माण नहुँदा सिधा यातायात सूचारु हुन सकेको छैन । भेरी पुलसँगै जाजरकोट खण्डको सडक निर्माण कार्य पुरा नहुँदा यस सडक खण्ड अधुरो रहदै आएको छ ।

१३ वर्ष बिते पनि पुल अझै पूरा हुन सकेको छैन । पुलको जगसमेत पूरा हुन नसकेको स्थानीयको भनाइ छ । तीन वर्षमा सम्पन्न हुनुपर्ने पुलको पिलर काम पनि काम हुन नसकेको हो । पुल निर्माणका लागि वाइपी कन्स्ट्रक्सन प्रालि, ललितपुरले २०६९ सालमा ठेक्का सम्झौता गरेको थियो । बीचमा ठेक्का तोडने प्रक्रिया सुरु भएपछि निर्माण व्यवसायी अदालत जाँदा काम लम्बिएको बताएको छ । योजना प्रमुख थापाका अनुसार आफूलाई यो विषयमा जानकारी नभएको बताए । सडक विभागलाई नै यो विषयमा जानकारी भएको उनले बताए । आफू नयाँ कार्यालय प्रमुख भएकाले खासै जानकारी नभएको बताए । सडक र पुल निर्माण नहुँदा यस क्षेत्रका राजनीतिक दलका नेताहरुले दैनिक गालीको बर्षा ब्यहोर्नु परेको छ । स्थानीयबासीलाई यात्रामा असहज हुँदै आएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!