सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिलाई राजनीतिक रूपमा नहेर्नुस् ः मुख्यमन्त्री कडेल

सुर्खेत , १२ कात्तिक ः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले भाद्र २४ गते दिउँसो १ बजेपछि भएको आगजनी, लुटपाट र चोरीका घटनामा सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न आग्रह गनुभयो ।

बुधबार सुर्खेत आइपुगेका जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीसँग भेटका क्रममा मुख्यमन्त्री कडेलले उक्त आग्रह गनुभयो । उहाँले आन्दोलनको नाममा सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा गरिएको क्षतिको निष्पक्ष अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न आयोगलाई सुझाव दिनुभयो । मुख्यमन्त्री कडेलले विगतका राजनीतिक आन्दोलनहरूमा जनआन्दोलन भए पनि कहिल्यै नागरिकको निजी सम्पत्तिमा आगजनी वा लुटपाट जस्ता घटना नभएको स्मरण गनुभयो । “अपराधलाई राजनीति भनेर ढाकछोप गरियो भने कानूनको शासन कमजोर हुन्छ र अराजकता बढ्ने खतरा रहन्छ,” उनले भने, “अब नागरिक नै असुरक्षित हुने अवस्था आउन सक्छ।”

अपराधजन्य कार्यमा संलग्न जो कोही भए पनि कानून अनुसार कडा कारबाही गर्नुपर्नेमा मुख्यमन्त्री कडेलको जोड थियो। जाँचबुझ आयोग र प्रहरी प्रशासनले सत्यतथ्य र निष्पक्ष अनुसन्धानद्वारा दोषीलाई कारबाहीमा ल्याए मात्रै भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न सकिने मुख्यमन्त्री कडेलको भनाई थियो । जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीले निजी घर जलाउने कार्यलाई स्पष्ट रूपमा आपराधिक गतिविधिको रूपमा आयोगले अध्ययन गर्ने बताउनुभयो । उहाँले व्याक्तिगत घरमा आगजनी, लुटपाट र चोरी गर्ने कुरा राजनीतिक नभएको उल्लेख गनुभयो ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले हालसम्म सुर्खेतमा भएको आगजनी, लुटपाट र चोरीसम्बन्धी फोटो तथा भिडियो प्रमाणहरू सङ्कलन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार, प्रहरी घटनामा संलग्न व्यक्तिहरूको पहिचानको अन्तिम चरणमा पुगेको छ र केही दिनभित्रै कानुनी कारबाही अगाडि बढाइने उल्लेख गनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!