सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना

सोलुखुम्बु / सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन् ।

हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने नरहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । हेलिकप्टरका पाइलट विवेक खड्का भने सकुशल रहेको उनले बताए ।

लुक्ला विमानस्थलका अनुसार बिहान 8 ः१५ बजे अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएको हो । उक्त हेलिकोप्टर बिहान ७ ः ४३ मा लुक्लाबाट उद्धार उडानका लागि लोबुचेतर्फ उडेको थियो । हेलिकप्टर चिप्लिएका बेला पर्यटकहरूले हेलिकप्टर दुर्घटना भयो भन्दै कराएको भिडियोहरू सामाजिक सञ्जालमा समेत पोस्ट भएका छन् ।

अल्टिच्युड एयरका कार्यकारी अध्यक्ष निमा नुरु शेर्पाले पनि क्याप्टेन खड्कालाई खासै केही नभएको जानकारी आएको बताए । क्याप्टेन खड्कालाई लिन लुक्लाबाट कैलाश एयरको हेलिकोप्टर जाँदै छ ।




सम्बन्धित समाचार


error: Content is protected !!