उपल्लो डोल्पामा गुइँठा संकलन गर्न गएका तीन जना तीन दिनपछि सम्पर्कमा

डोल्पा ः डोल्पाको उत्तरी क्षेत्र उपल्लो डोल्पास्थित डोल्पोबुद्ध गाउँपालिका–३ को छोइला लेकमा फसेका तीन जना तीन दिनपछि सम्पर्कमा आएका छन् ।

गत मंगलबार घोडा लिएर गुइँठा (गोबर) संकलन गर्न गएका तीन जना बिहीबारमात्र सम्पर्कमा आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार सम्पर्कमा आएका सबै ताक्सी गाउँका एकै परिवारका सदस्य हुन् । घोडा लिएर गुइँठा संकलनका लागि आमा, छोरा र बुहारी गएका थिए । उनीहरूलाई उद्धारका लागि बीचसम्म पालिकाको एक्स्काभेटर समेत पठाइएको थियो ।

उनीहरू सबैसँग सातु लगायतका खानेकुरा लिएका रहेछन्, थापाले भने, भारी हिमपात भएपछि उनीहरू त्यहीँ ओडारमा बसेर तीन दिनसम्म रोकिएका रहेछन् ।

मंसिरदेखि उपल्लो डोल्पामा प्रायः हिमपात हुने भएकाले त्यस समयमा आगो ताप्न र खाना पकाउनका लागि दाउरा र गुइँठा संकलन गर्ने परम्परा रहेको छ ।

उपल्लो डोल्पामा तीन दिनदेखि लगातार हिमपात भइरहेको र जनजीवन कष्टकर बनेको जनाइएको छ । हिमपातले बनपाखा ढपक्कै ढाकिएपछि पशुपालनमा समेत समस्या भएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!