कर्णालीमै सारियो जल तथा मौसम विज्ञान कार्यालय, प्रयोगविहीन छ अत्याधुनिक प्रविधियुक्त मौसमी राडार

सुर्खेत ः कर्णाली प्रदेशबाट लुम्बिनी प्रदेशको कोहलपुर सारिएको हावापानी विश्लेषण गर्ने कार्यालय पुनः कर्णालीमै स्थानान्तरण गरिएको छ । २०७६ सालमा सुर्खेतबाट कोहलपुर सारिएको यो कार्यालय पुनः सुर्खेतमै सारिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ विकास मन्त्रालयमातहत रहेको कार्यालयलाई स्थानान्तरण भएको ६ वर्षपछि सुर्खेत सारिएको हो । बहुप्रकोपीय विपद्जन्य जोखिमबाट बर्सेनि ठूलो मात्रामा धनजन र मानवीय क्षति व्यहोर्दै आएको कर्णालीले हावापानी विश्लेषण गर्ने कार्यालय पुनः स्थापना भएसँगै विपद्पूर्वको तयारी र विपद्पछिको प्रतिकार्यमा जुट्न सघाउ पुग्ने विश्वास छ ।

कार्यालय स्थापना भएसँगै अब कर्णालीको मौसमी जानकारी सुर्खेतबाटै प्रवाह हुने जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा। इन्दिरा कँडेलले बताइन् । ‘मौसमसम्बन्धी जानकारी र सूचनाको विश्लेषणले नै विपद्‌बाट हुन सक्ने मानवीय र धनजनको क्षति रोक्न सहयोग पुग्छ । तसर्थ, प्रदेश र स्थानीय सरकारले मौसम कार्यालयबाट अधिकतम जानकारीहरू लिएर विपद्‌बाट नागरिकको जिउधन जोगाउन प्रभावकारी समन्वय कार्यालयमार्फत हुनेछ,’ कार्यालय प्रमुख कँडेलले भनिन् ।

कमजोर भू–बनोट, छरिएर रहेका बस्ती, वातावरणीय प्रभाव अध्ययनबिनै हुने विकास तथा मौसमी फेरबदलका कारण कर्णाली बर्सेनि मौसमजन्य विपद्बाट आक्रान्त हुने गरेको छ । यसको मुख्य कारण जल र वायुको समयमै विश्लेषण गरी सूचना दिने प्रणाली कर्णालीमा नहुनु रहेको बताइन्छ । जल तथा मौसम विज्ञान कार्यालय कर्णालीबाट लुम्बिनी सारिदा विपद्को मौसमी तथ्यांक लिन प्रदेश र स्थानीय सरकारलाई कठिनाइ थियो ।

मौसम कार्यालयलाई सुर्खेतमै सार्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पहल गर्दै आएको थियो । विपद्का कारण हुन सक्ने क्षति न्यूनीकरण गर्न विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउँदै आएको मन्त्रालयले मौसम कार्यालय सुर्खेतमै हुँदा थप समन्वयबाट काम गर्न सहयोग पुग्ने मन्त्रालयका निमित्त सचिव उत्तम गौतमले बताए ।

तत्कालीन अवस्थामा वीरेन्द्रनगरमा स्थापना भएको कार्यालयबाट साविकका मध्य तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको मौसमसम्बन्धी तथ्यांक संकलन तथा सूचना सम्प्रेषण हुने गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि जल तथा मौसम विज्ञान विभागलाई चार क्षेत्रमा रहने गरी स्वीकृति दिएको थियो । सोहीबमोजिम प्रदेश नं। १ र २ हेर्ने गरी धरान, प्रदेश नं। ४ हेर्ने गरी पोखरा, प्रदेश ५ हेर्ने गरी भैरहवा, प्रदेश नं। ६ र ७ हेर्ने गरी कोहलपुर कार्यालय स्थापना भएको थियो ।

उति बेला कार्यालय कोहलपुर स्थानान्तरण भएपछि कर्णालीमा यसको विरोध भएको थियो । मौसमसम्बन्धी जानकारी दिने राडारसमेत सुर्खेतमा निर्माण भइरहेको बेला कार्यालय सार्नुलाई उपेक्षा गरिएको रूपमा कर्णालीका नागरिकले बुझेका थिए ।

केही समयअघि कर्णाली प्रदेश विकास समस्या समाधान समितिको बैठकले मौसमको कार्यालय सुर्खेत सार्न संघीय सरकारसँग अनुरोध गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले कोहलपुरमा रहेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतमा स्थानान्तरण गर्न संघीय सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको थियो ।

अयकmयक अयििभनभल्भउबतयउ
प्रयोगविहीन छ मौसमी राडार

चबमबच(कपत(ज्ञठटज्ञटद्धडज्ञडढ।वउन
कर्णाली र सुदूरपश्चिममा मौसमजन्य घटनाहरूको बाह्रै महिना पूर्वानुमानको विश्लेषण गरी पूर्वसूचना प्रवाह गर्न स्थापना गरिएको अत्याधुनिक प्रविधियूक्त ‘रेडियो डिटेक्सन एण्ड रेन्जिङ’ ९राडार० तीन वर्षयता प्रयोगविहीन छ ।

विशेषगरी पश्चिमी क्षेत्र लुम्बिनीका तीन जिल्ला बाँके, बर्दिया, दाङ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसमी गतिविधिको निगरानी गर्न १७ मंसिर २०७६ मा सुर्खेत र दैलेखको सीमावर्ती क्षेत्र वीरेन्द्रनगर नगरपालिका– १४ स्थित रातानाङ्लामा राडार जडान गरी सञ्चालनमा ल्याइएको थियो ।

उक्त राडारले वर्षा हुनुभन्दा तीनरचार घण्टाअघि र पछि मौसममा आउन सक्ने फेरबदल अर्थात् कति वर्षा हुँदै छ, हावा कुन गतिमा कहाँबाट बहँदै छ, तापक्रम घटबढको अवस्था र आँधीहुरी तथा बाढीपहिरोको पूर्वानुमान गर्ने बताइएको थियो । त्यसले पश्चिम नेपालमा प्रकोपबाट हुन सक्ने विपद् जोखिमलाई न्यूनीकरणमा सघाउ पुर्‍याउने भनिएको थियो ।

यही विश्वासका साथ २०७६ मंसिरमा संघीय सरकारका तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ विकासमन्त्री वर्षमान पुनले उद्घाटन गरेका थिए । उक्त राडारले हवाई उडान गर्ने ठाउँ र ल्यान्ड गर्ने ठाउँबीचको आकाशको मौसमको निगरानी गर्ने भएकाले यस क्षेत्रको हवाई उडान पनि सुरक्षित हुने जनाइएको थियो ।

तर, तीन वर्षअघि राडारमा परेको चट्याङले उपकरणमा क्षति पुगेपछि अहिले राडार कामविहीन बनेको छ । विश्व बैंकको १८ करोड लागतमा तयार भएको राडारमा चट्याङ परेर केही उपकरण तथा इन्भर्टर र जेनेरेटरमा क्षति पुगेको छ ।

सरकारले बिग्रिएको राडार मर्मतमा ध्यान पुर्‍याउन नसक्दा यहाँका नागरिकलाई अन्दाजका भरमा मौसमको पूर्वानुमान गर्नुपर्ने बाध्यता छ । सुर्खेतमा स्थापना भएको मौसम पूर्वानुमानसहितको तत्काल सूचना दिने यस्ता राडार नेपालमा तीनवटा मात्र छन्, जसमा पाल्पा र उदयपुरमा जडान भएका राडारले पूर्वी नेपालको मौसमी गतिविधिको निगरानी गर्ने गर्दछन् । चट्याङका कारण बिग्रिएको राडार यसै वर्षभित्र मर्मत गर्ने तयारी रहेको कार्यालय प्रमुख कँडेलले बताइन् ।

राडारमा प्रयोग भएको प्रविधि स्वदेशी जनशक्तिबाट मर्मतको सम्भावना नभएपछि परामर्शदातामार्फत मर्मत कार्य अघि बढाउने तयारी रहेको उनले बताइन् ।




सम्बन्धित समाचार


error: Content is protected !!