संसद् पुनर्स्थापनाभन्दा तोकिएको समयमै निर्वाचन आवश्यक ः कांग्रेस नेता थानी

सुर्खेतः नेपाली कांग्रेसका नेता हृदयराम थानीले तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने बताएका छन्। सुर्खेतमा मंगलबार अनौपचारिक रुपमा कुरा गर्दै देशमा विशेष परिस्थिति भएका कारणले तोकिएको समय २१ फागुनमै निर्वाचन हुनुपर्ने प्रष्ट पारे।

संसद पुनर्स्थापनाभन्दा तोकिएको सयममा नै निर्वाचनमा भए देशले निकास पाउने उनको भनाइ छ। ‘तोकिएको समयमा नै निर्वाचन हुनुपर्छ,’ उनले भने, ‘त्यसपछि मात्र देशले निकास पाउँछ।’

जेनजी आन्दोलन अगाडी नै आफूले तत्कालीन सरकारका गृहमन्त्री र प्रधानमन्त्रीलाई देशमा सुशासन कायम गर्न सुझाव दिए पनि त्यसलाई सरकारले बेवास्ता गरेको थानीले बताए। ‘मैले देशको परिस्थिति ठिक छैन, यसले असर गर्छ भनेर संसद लगाएतका ठाउँमा भनेको थिएँ,’ उनले भने, ‘तर, त्यो सुझाव ग्रहण नगर्दा देशमा जेनजी आन्दोलन भयो।’

अहिले विशेष परिस्थितिमा संसद् विघटन भएकाले पुनर्स्थापनाको पक्षमा आफू नरहेको उनले प्रष्ट पारे। ‘अहिले पार्टीले जितोस्, हारोस् त्यो सवाल होइन। देश र जनता जित्नका लागि भए पनि तोकिएको समयमा निर्वाचन हुनुपर्छ,’ उनले भने।




सम्बन्धित समाचार


error: Content is protected !!