उपल्लो डोल्पामा दशैको दिनमा पनि बार्षिक परीक्षा

डोल्पा ः जताततै दशैँको रैनक तथा भाईटिका चलिरहदा उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका भित्रका विद्यालयमा परीक्षा सञ्चालन भएको छ ।
हिउदे विदा सहित चिसो विदा हुने भएकाले कात्तिक १५ सम्मा सबै परीक्षा सकाएर विदा दिने गरिएको शे फोक्सुण्डो गाउँपालिकाका शिक्षा समितिका संयोजक पेमा वाङछेन गुरुङले जानकारी दिनुभयो । गाउँपालिका भित्रका सबै विद्यालयले कात्तिक महिनाको पहिलो हप्ता देखि विद्यालय स्तरको परीक्षा सञ्चालन गरेर १५ गते सम्मा पुरा गर्न दिइएको निर्देशन अनुसार आज दशैको दिनमा पनि परीक्षा भएको संयोजक गुरुङले जानकारी दिनुभयो ।
कात्तिक देखि चिसो बढने र हिमपातत हुने भएकाले १५ गते भित्र परीक्षा सकाएर विद्यालय बन्द हुने गर्दछन् । दशैँको दिनमा पनि परीक्षा गराएको शे फोक्सुण्डो गाउँपालिका –७ स्थित टशी सम्भो आधारभुत विद्यालयका शिक्षक नविन शाहीले जानकारी दिनुभयो । शाहीले भन्नुभयो ,‘ पटकको दशैँ विद्यार्थीसँग मनाएका छौँ । शे फोक्सुण्डो गाउँपालिका भित्र रहेका सबै विद्यालयका शिक्षकले पालिकाले निर्देशन अनुसार काम गनुभएको छ । ’
गाउँपालिकाका उपाध्यक्ष तथा शिक्षा समितिका संयोजक पेम्मा वाङछेन गुरुङका अनुसार माध्यमिक विद्यालय १ , ९ वटा आधारभुत र ३ वटा बालविकास कक्षा (इसिडी ) सञ्चालनमा रहेका छन् । सबै विद्यालयमा बार्षिक परीक्षा एकै साथ सञ्चालन भइरहेको छ । डोल्पामा दुईवटा शैक्षिक सत्र सुरु हुने गर्छ ।









