भेरी करिडोर सव स्टेशन , प्रसारण लाइन बनाउन १५ अर्ब लाग्ने अनुमान , विद्युत् विकास विभागले भेरी करिडोरमा विद्युत प्रशारण लाइन निर्माण गर्न दियो अनुमती

सुर्खेत ः भेरी करिडोरमा ४०० केभी प्रशारण लाइनका साथै सव स्टेशन निर्माण गर्न १५ अर्ब रकम लाग्ने बताएसँगै निर्माण गर्न अनुमति दिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोडनका लागि महत्त्वपूर्ण मानिएको नलगाड मैनताडा प्रसारण लाइनलाई निर्माण अनुमति प्रदान गरेको छ । सो प्रसारण लाइन ७५ किलोमिटर लामो रहेको छ ।

कूल ४०० केभी क्षमताको सो प्रसारण लाइनले दुई हजार ४०० मेगावाट बराबरको बिजुली प्रवाह गर्न सक्ने विभागले जनाएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले सो प्रसारण लाइन निर्माण गर्दैछ । लामो समय देखि अलपत्र परेको यो आयोजना ससुला कार्की नेतृत्वको सरकार गठन भएसँगै फेरी निर्माणको आसा पलाएको छ । तत्कालिन उर्जामन्त्री शक्तिबहादुर बस्नेतको विशेष पहल रहेको यो आयोजना केपी वली नेतृत्वको सरकारले निर्माणमा ध्यान दिएको थिएन । कुलमान घिसिङ ले यो आयोजनालाई मुख्य आयोजनाका रुपमा हेर्दै आएका थिए ।

जाजरकोट नलगाड नगरपालिका–७ स्थित दानीपिपलमा ४०० केभी र सुर्खेतको भेरी गंगा नगरपालिका–८ मैनतडा प्रशारण लाइनको सव स्टेशन निर्माणका लागि उक्त रकम लाग्ने भएको राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर सागर श्रेष्ठले जानकारी दिए।

नलगाड नगरपालिका ७ मा दानीपिपलमा ४०० केभी प्रशारण लाइनको सव स्टेशन बनाउका लागि जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको छ।

भेरी नदीबाट निर्माण हुने विद्युत् आयोजनाहरु, जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट, जगदुल्ला जलविद्युत आयोजना ८२.३ मेगावाट, नलगाड जलविद्युत आयोजना ४१७ मेगावाट विद्युत र सानीभेरी नदीबाट उत्पादित विद्युत नलगाड नगरपालिकाको दानीपिपलमा जम्मा गरेर सुर्खेतको मैनतडा सव स्टेशनमा पठाएर राष्ट्रिय प्रशारणमा जोडिने लक्ष्य छ।

प्रसारण लाइनको विस्तृत अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको छ। नलगाड जलविद्युत् आयोजनाको ऊर्जा मन्त्रालयले कम्पनी खडा गरेर विस्तृत अध्ययन गरिरहेको छ। चालु वर्षभित्रै अध्ययन सक्ने योजना छ।

१०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजना, करिब ८२ मेगावाटको जगदुल्ला ‘ए’ लगायतका आयोजना विद्युतसमेत यही प्रसारणलाइनमार्फत राष्ट्रिय प्रणालीमा आउनेछ।

जगदुल्ला जलविद्युत आयोजना आगामी वर्षबाट निर्माणमा लैजाने तयारी छ। सरकार आफैंले निर्माणको योजना बनाएको हो भने जगदुल्ला ‘ए’ को अहिले सम्भाव्यता र इआईए अध्ययन चलिरहेको छ।

भेरी करिडोरभित्र ठूलाठूला आयोजनाहरु निर्माण हुन लागेकाले नेपाल विद्युत् प्राधिकरणको बाफिकोट सबस्टेसनमा जोडिने बिजुलीसमेत नलगाडको दानी पिपलमै ल्याइने भएको बताएको छ।

यहाँ २ हजार ५०० मेगावाट विद्युत यस सव स्टेशनबाट बाहिर जाने लक्ष्य रहेको छ। दानी पिपल लगायतका सव स्टेशन निर्माण कार्य सुरु गरेको ४ वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको छ।

डबल सर्किट प्रसारणलाइन भएकोले पनि यो महत्वपुर्ण रहेको छ। सुरुको नलगाड सबस्टेसन दानीपीपल र अन्तिम बिन्दु सुर्खेतको मेनटाडा सबस्टेसनमा रहने छ। प्रसारणलाइन जाजरकोटबाट सुरु भएर रुकुम, सल्यान हुँदै सुर्खेत पुग्नेछ।

यो जम्मा १५० किलोमिटर रहेको छ। प्रशारण लाइनका लागि जग्गा मूल्यांकनको काम बाँकी रहेको छ। ६ हजार ९ सय २० रोपनी जग्गा अधिग्रहण गरिनेछ। सन् २०२३ डिसेम्बरबाट निर्माण थालेर सन् २०२७ नोभेम्बरमा सक्ने योजना कम्पनीले बनाएको छ।

यस क्षेत्रमा ठुला रूख, तथा धेरै जग्गा अधिग्रहण नहुने देखिएको कम्पनीले जनाएको छ। कोहलपुरबाट सुर्खेत सम्म अहिले १३२ केभी प्रशारण लाइनको काम चालु अवस्थामा रहेको छ। निकुन्जभित्र भएकाले केही समय काममा विलम्ब भएपनि अहिले कामले रफ्तार लिएको नेपाल विद्युत प्राद्यिकरण प्रदेश कार्यालयले जनाएको छ।

अहिले ११ र ३३ केभी प्रशारण लाइनको काम जाजरकोट हुँदै डोल्पा सम्मा निर्माण कार्य जारी रहेको छ। जाजरकोटका ३ ठाउँमा सव स्टेशन निर्माण गर्नका लागि ठेक्का लागेर काम हुने चरणमा पुगेको छ भने चौखामा निर्माण कार्य आधा नै भइसकेको छ।

भेरी नदीबाट विद्युत् निकाल्नका लागि ठाउँठाउँमा अध्ययनका कामहरु भइरहेका छन्।





error: Content is protected !!