भीरबाट लडर मृत्यु

जाजरकोट / जाजरकोटको नलगाड नगरपालिका–१० की कल्पना सलामी मगरको भीरबाट लडेर मृत्यु भएको छ ।
मगर सुक्रबार विहान घास काटदै गर्दा स्थानीय भीरबाट लडेर मृत्यु भएको नलगाड नगरपालिकाकी उपप्रमुख देवका लामीछानेले बताउनुभयो । मृतक रोका अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नलगाड नगर कमिटिको अध्यक्ष समेत हुनुहुन्थ्यो ।
घास काटिरहेको अवस्थामा चिप्लिएर झण्डै ५० मिटर तल पुगेर घटना स्थलमै मृत्यु भएको उपप्रमुख लामीछानेले बताउनुभयो ।







