नलगाडमा सुविधायूक्त स्वास्थ्य संस्थाका भवन निर्माण कार्य तिब्र

जाजरकोट ः जाजरकोटको नलगाड नगरपालिकाले स्वास्थ्य क्षेत्रमा आमुल परिवतर्तन ल्याउनका लागि काम थालेको छ । पालिकाले सबै वडाहरुमा रहेका स्वास्थ्य संस्थामा भौतिक संरचना निर्माण कार्यलाई तिब्रता दिएको पाइएको छ ।

१३ वटा वडाहरु रहेको नलगाडमा सबै वडामा स्वास्थ्य संस्थाका भवनहरु निर्माण कार्य अन्तिम चरणमा पुगेको नगरप्रमुख डम्बर रावतले बताए । नलगाड नगरपालिकाको वडा नम्वर २,३,४,११ र १२ मा अत्यधुनिक प्रस्तुती गृह निर्माण भएर सूचारु भएको उनले बताए । नगरपालिकाकाको प्रशासकीय केन्द्रमा १५ श्शयको नगर अस्पताल सञ्चालनमा रहेको छ । पालिकाको सात ठाउँमा स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको उपप्रमुख देवका छामिछानेले जानकारी दिइन् ।

सामुदायिक स्वास्थ्य केन्द्र पाँच ठाउँमा स्थापना गरिएको उनको भनाई रहेको छ । १,५ र ११ मा नयाँ भवन निर्माण कार्य पुरा भएर निकट भविश्यमा सेवा सुचारु हुने तरखरमा रहेको बताएको छ । पालिका भित्र १५ वटा नयाँ भौतिक संरचना निर्माण गरिएको छ । भौतिक संरचना निर्माण सँगै पालिकाको स्वास्थ्य सेवा प्रभावकारी रुपमा दिन सफल भएको स्वास्थ्य शाखाका प्रमुख तप्त चनाराले बताए । भूकम्पको समय समेत आफूहरुले अब्बल सेवा प्रवाह गरेको उनको भनाई रहेको छ । नगरपालिकामा एम्वुलेन्स सेवा समेत रहेका कारण विरामीको प्रकृति हेरेर उपचारको बर्गीकरण हुने गरेको छ ।

नगर अस्पततालमा दुई जना डाक्टरहरु कार्यरत छन् । डोल्पाको सिमानासँग जोडिएको नलगाड भेरी करिडोर सडकको बीचमा रहेको छ । नलगाडको अधिकांश वडाहरु भेरी करिडोरले छोएका कारण स्वास्थ्य सेवा प्रवाह गर्न र लिन समेत सहज भएको नगरप्रमुख रावतको भनाई रहेको छ । नगरपालिकाले उपचार सेवालाई प्रभावकारी बनाउनका लागि बिभिन्न निकायसँग सहकार्य गरेर काम गरिरहेको उनले बताए । नगर अस्पतालले सबैको भरोसा बटुलेको समेतत उनको भनाई रहेको छ । बारेकोट , नलगाड , डोल्पाको मुडकेचुला , रुकुम पश्चिमको आठबीसकोटका नागरिकले नलगाडको नगर अस्पतालबाट सेवा लिने गरेका छन् ।

यातायातको सहज पहुँच भएका कारण सबैको रोजाइमा परेको छ । त्रिपालमा सञ्चालन रहेको अहिलेको अस्पतालले ६ महिना भित्र आफ्नै अत्यधुनिक अस्पतालबाट सेवा प्रवाह गर्ने तयारी थालेको छ । पुरानो भवनमा भूकम्पले क्षती बनाएका कारण अहिले टेन्टमा बिरामी राखेर उपचार भइरहेको छ ।

नगरपालिकाले बजेटमा समेत स्वास्थ्य क्षेत्रलाई भारी महत्व दिएको छ । अन्य पालिका भन्दा नलगाडमा सुरक्षित रुपमा सुत्केरी हुनेको दर समेत बढी रहेको छ । सबै मापदण्ड पुरा गरेर सुत्केरी हुने आमाको संख्य समेत उच्च रहेको छ । मृत्युदर कम रहेको छ । स्वास्थ्य सेवा प्रवाह गर्नका लागि उपयूक्त वातावरण भएका कारण आफूहरुले गतीका साथ काम गरिरहेको चनाराले बताए । राम्रो काम गर्नेलाई पालिकाले पुरस्कार दिने समेत गरेको छ ।

आज पेश भएको बजेटमा समेत स्वास्थ्य क्षेत्रलाई अग्रभागमा राखिएको छ । भौतिक संरचनासँगै उपकरण व्यवस्थापन मुख्य काम भएकाले आफूहरुले त्यो कार्यलाई जोड दिएको उपप्रमुख लामिछानेले बताइन् । डाडागाउँ, कैना , रग्दा , भगवती र लहँमा सुरक्षित रुपमा सुत्केरी गराउन सुविधायूक्त बर्थिङ सेन्टर स्थापना भएका छन् । बिरामी तथा स्थानीयबासीको लागि नगरपालिकाले नगरबस सञ्चालन गर्ने तयारी थालेको छ ।

पालिका भित्रका सडकको स्तरोउन्नतती गर्ने कार्य योजना समेत पालिकाले अगाडी सारेको छ । जनताको स्वास्थ्यलाई ख्याल गर्दै एक घर , एक खानेपानी धारा निर्माण गरेर दुषित पानी पिउने कुरालाई अन्त्य गर्ने नीति पालिकाले लिएको छ ।





error: Content is protected !!