शे फोक्सुण्डो गाउँपालिकाले ३७ करोड बजेट ल्यायो , साक्षर तथा पूर्ण खोप सुनिश्चिता पालिका घोषणा

डोल्पा ः शे फोक्सुण्डो गाउँपालिकाले ३७ करोडको बजेट ल्याएको छ । हिमाली गाउँपालिको रुपमा रहेको यो पालिकाको १७ औँ अधिवेशनबाट ३७ करोड १९ लाख ,९९ हजार बजेट ल्याएको छ ।

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थाहरुको कुल बजेट ३ करोड ६५ लाख ८० हजार ५५४ रुपैयाँ बजेट बिनियोजन भएको छ । आज देखि उक्त गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दीगोपन कायम घोषणा गरिएको छ । त्यस्तै साक्षर पालिका समेत घोषणा गरिएको छ । पालिकाले गाउँसभामा बिभिन्न उत्कृष्ट काम गर्ने विद्यालय र प्रधानाध्यापकलाई सम्मान समेत गरेको छ । उत्कृष्ट प्रधानाध्यापकमा यज्ञ बहादुर शाही (मुक्पोरोङ हिमाल आधारभुत विद्यालय भिजेर) उत्कृष्ट शिक्षकमा होम बहादुर डाँगी (मुक्पोरोङ आधाभुभत विद्यालय भिजेर) लाई सम्मान पनि गरिएको छ ।

सभाले शे फोक्सुण्डो गाउँपालिकामा निरन्तर रुपमा परम्परागत उपचार पद्दति (आम्ची) संरक्षण र ब्यवास्थापन सम्बन्धमा बनेको ऐन २०८२ लाई पास गरेको जानकारी दिइएको छ ।





error: Content is protected !!