कर्णालीका ४८ स्थानीय तहले ल्याए बजेट

हेमन्त केसी
बीरेन्द्रनगर , १२ असार ः कर्णालीका ७९ स्थानीय तह मध्य ४८ स्थानीय तहले बजेट ल्याएका छन् । ३० पालिकाले अझैँ बजेट पेश नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको बजेट पोर्टलमा हाल सम्मा कर्णालीका ३० वटा पालिकाले बजेट पेश नगरेको उल्लेख छ । बजेट पेश नभएका पालिकाहरुमा मुगुको सोरु गाउँपालिका रहेको छ । डोल्पाको जगदुल्ला , मुडकेचुला ,शे फोक्सुण्डो गाउँपालिकाले बजेट नल्याएको पोर्टलमा उल्लेख भएपनि त्यहाँ बजेट ल्याइएको पालिकाले बताएका छन् । हुम्लाको अदानचुली गाउँपालिका, चंखेली ,ताँजाकोट ,सर्केगाड गाउँपालिका गाउँपालिकाले बजेट नल्याएको मन्त्रालयले जनाएको छ ।
जुम्लाको चन्दननाथ नगरपालिका, गुठिचौर गाउँपालिका र तिला गाउँपालिकाले बजेट नल्याएको मन्त्रालयले जनाएको छ । त्यस्तै कालिकोटको शुभ कालिका गाउँपालिका, महावै गाउँपालि र सान्नी त्रिवेणी गाउँपालिकाले बजेट बजेट पेश देखि पास सम्मको कुनै विवरण नभएको मन्त्रालयले जनाएको छ । रुकुम पश्चिमका चौरजहारी नगरपालिका, बाँफिकोट गाउँपालिकाले बजेट पेश देखि पास गरेको मिति सम्मा खाली रहेको छ ।
त्यस्तै सल्यानका चार पालिकाले बजेट नल्याएको पाइएको छ । बागचौर नगरपालिका, कुमाख , छत्रेश्वरी , दार्मा गाउँपालिकाले बजेट नल्याएको भन्दै मन्त्रायमा इन्टी गरिएको छैन । सुर्खेतका तीन पालिकाले बजेट पेश नै नगरेको मन्त्रालयले जनाएको छ । भेरीगंगा ,लेकबेसी , बीरेन्द्रनगर नगरपालिकाले बजेट पेश नै नगरेको मन्त्रालय विवरणमा रहेको छ । यद्यपी बीरेन्द्रनगरले बजेट ल्याइसकेको छ ।
जाजरकोटको चार पालिकाले बजेट नल्याएको मन्त्रालयले जनाएको छ । छेडागाड नगरपालिका, नलगाड नगरपालिका , जुनीचाँदे गाउँपालिका र बारेकोट गाउँपालिकाले बजेट नल्याएको मन्त्रालयको पोर्टलमा उल्लेख छ । तर यहाँका सबै पालिकाले बजेट ल्याइसकेको भएपनि मन्त्रालयलाई जानकारी नगराएको पाइएको छ । दैलेखका तीन वटा पालिकाले मात्र बजेट नल्याएको पाइएको छ । ११ पालिका मध्य आठबीस , नौमुले र भैरवीले बजेट पेश नै नगरेको उल्लेख रहेको छ । मुगुमा चार , डोल्पामा आठ , हुम्लामा सात , जुम्लामा आठ , कालिकोटमा नौँ , रुकुम पश्चिममा छ , सल्यानमा दश , सुर्खेतमा नौँ , जाजरकोटमा सात र दैलेखमा ११ वटा पालिका रहेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेवसाइटमा रहेको पालिकाको बजेट शीर्षकमा ७७ जिल्लाको विवरण उपलब्ध रहेको छ । स्थानीय तहले बजेट ल्याउन र पारित हुन वित्तिकै आफैले सो पोर्टलमा गएर विवरण राख्ने व्यवस्था मिलाएको प्रवक्ता कालिप्रसाद पराजुलीले बताए । उनका अनुसार बजेटको पूर्ण पाठ समेत त्यहाँ राख्नुपर्दछ । बजेट ल्याएर मन्त्रालयको जानकारी नगराउदा धेरै पालिकाहरुमा बजेट नल्याएको भन्दै रातो लगाएको छ । सबै पालिकामा आइटीको दरबन्दी भएपनि लापरबाहीका कारण मन्त्रालयमा जानकारी नगराएको पराजुलीले बताए ।
हिमाली जिल्लामा इन्टरनेटले काम नगरेपनि सुर्खेतको बीरेन्द्रनगर जस्तो पालिकामा बजेट ल्याइसक्दा पनि मन्त्रालयमा जानकारी गराएको छैन । कोशीका १३७ मध्य ७७ पालिकाले बजेट ल्याएको देखिएको छ । मधेशका १३६ मा ५३ , बागमतीका ११९ मा ६२ , गण्डकीका ८५ मध्य ५४ ,लुम्बिनीका १०९ मा ५२ , सुदुरपश्चिमका ८८ मा ४४ वटा पालिकाले बजेट ल्याएका छन् । देशैभरीका ७५३ मध्य ३९१ वटाले बजेट ल्याएका छन् । ३६२ वटाले बजेट नल्याएको बताएको छ । १० गते भित्र बजेट ल्याइसक्नु पर्ने भएपनि अझैँ धेरै पालिकाले बजेट नल्याएको पाइएको छ ।



