बारेकोटमा छ सय भन्दा बढी घरमा खानेपानी , आठ हजार मिटर सडक निर्माण

हेमन्त केसी
जाजरकोट / अधिकांश हिमाली भूभाग जाजरकोटको बारेकोट गाउँपालिकाले आफूले गरेका कामहरु सार्वजानिक गरेको छ । गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले ८ हजार मिटर सडक निर्माण गरेको बताए ।

४ हजार ५०० मिटर स्तरोन्नत्ती गरिएको र २८० मिटर आरसीसी ढलान गरिएको बताएको छ । ८ सय मिटर सडक मेसिनरी वाल, ३३० वटा ग्याविन जाली, पलम कङक्रिट स्टक्चर ५००मिटर, सडक नाली ३५०० मिटर, निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ३ वटा २ कोठे भवनहरु निर्माण गरिएको छ। बारेकोट गाउँपालिका – ५ को वडा कार्यालय भवन निर्माण गरिएको समेत पालिकाले जनाएको छ । अलग मानव अलग पशुघर निर्माण गरेर १२४ जना कृषकहरुलाई भैसी पालन सम्बन्धी तालिम प्रदान गरिएको जानकारी गराएको छ । आ.व. २०८१÷०८२ को स्वीकृत नीति तथा कार्यक्रम अनुसार चालु आ.व. मा १२३ वटा अलग पशुघर निर्माण गरिएको छ ।

के के भए कृषि क्षेत्रमा ?
बारेकोट गाउँपालिका अन्तर्गत करिब ६ हजार जना कृषकहरुका पशुउपचार, भेडाबाख्रामा खोप, कुकुर, भैसी र विरालाहरुमा रेविज विरुद्धको खोप, पशु स्वास्थ्य शिविर, कार्यक्रम मार्फत करिब ५०,६६३ पशु चौपायाहरुको उपचार गरिएको छ । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत १ हजार ५२ जना सुनौला हजार दिने आमाहरुलाई अण्डा, कुखुरा, पोषण झोला र फिल्टर वितरण गरिएको अध्यक्ष गिरीले बताए । गाउँपालिका–१ स्वास्थ्य चौकी रामीडाँडा र आधारभूत अस्पताल लिम्सालाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको उनले जानकारी दिए । प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ३३०जना रोजगारविहीन विपन्न नागरिकहरुले रोजगारी प्राप्त गरेको पालिकाले जनाएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत १८ वटा र मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ९ वटा गरि जम्मा २७ वटा कामका लागि पारिश्रमिकमा योजनाहरु सम्पन्न भएका छन् भने ३०४ जनाले प्रत्येक्ष रोजगारी प्राप्त गरेको गाउँपालिकाको दावी रहेको छ । विश्व खाद्य कार्यक्रमको साझेदारीमा संचालनमा रहेको भूकम्पले क्षतिग्रस्त १७ वटा आयोनाहरु सम्पन्न भएका छन् भने करिब २ हजार ५०० जनाहरुले प्रत्येक्ष रोजगारी प्राप्त गरेका छन्।

स्थानीय पूर्वाधार सहयोग कार्यक्रम र गाउँपालिकाको साझेदारिमा भौतिक पूर्वाधार तर्फका १० वटा आयोजनाहरु सञ्चालनमा रहेका छन्। जसबाट करिब ३०० जनाले रोजगारी प्राप्त गरेको पालिकाको दावी रहेको छ । सेवा प्रवाहलाई छिटो छरितो तथा विश्वसनीय बनाउन योजना व्यवस्थापन, वडा सिफारिस, न्यायिक व्यवस्थापन, अनलाइन राजश्व प्रणाली र अपाङ्ग परिचय पत्र तथा जेष्ठ नागरि व्यवस्थापन सफ्टवेयरहरुलाई पूर्ण रुपमा लागु गरिएको अध्यक्ष गिरीले उपलब्धीमा समेटिएको छ ।

खानेपानी तर्फ के भयो त ?
खानेपानी तर्फ बारेकोट गाउँपालिका र हेल्भेटास नेपाल, व्च्ए÷प्क्ष्च्म्च्ब्ऋ ल्भउब िको सहकार्यमा बारेकोट–३ पहाडा मुल्साममा ६१, बारेकोट–४ मैनामा ११९, बारेकोट–६ तासीमा १०८, बारेकोट–७ मा १६६ बारेकोट–१ मा १०४ गरी जम्मा ५५८ वटा खानेपानी धारा निर्माण भएको उनले बताए । मुख्यमन्त्री रोजगार आयोजना अन्तर्गत बारेकोट–६ धुममा २९ र बारेकोट–९ रग्रेगममा ३१ वटा गरी ६० धारा निर्माण सम्पन्न गरिएको बताएको छ । यसरी आ.व. २०८१÷०८२ मा सबै गरी जम्मा ६१८ वटा नयाँ खानेपानी धारा निर्माण सम्पन्न गरिएको बताएको छ । गाउँपालिका भित्रका विभिन्न २८ वटा खानेपानी आयोजनाहरुको मुहानहरुबाट नमुना संकलन गरि पानी परीक्षण गरिएको बताएको छ ।

भूकम्प पीडितलाई पालिकाले के गर्र्यो त ?
जाजरकोट भूकम्पबाट क्षति भएका घरपरिवारलाई अस्थायी आवासको रुपमा नेपाल सरकारबाट ५ हजार १६९ र अन्य संघ संस्थाहरुबाट २६० वटा अस्थायी आवास निर्माण भई दोस्रो किस्ता रकम भुक्तानी गरिएको छ। भूकम्पबाट प्रभावित ४ हजार ९५२ वटा निजी आवासहरुको विस्तृत क्षति आँकलन सम्पन्न भएको छ ।
गाउँपालिका र प्रतिवद्ध–३ परियोजनाको सहयोग तथा सहजिकरणमा २४ जनालाई प्राथमिक उपचार तालिम र २४ जनालाई सामूदायिक खोज उद्दार तालिम प्रदान गरिएको छ। नेपालकै पहिलो,बारेकोट गाउँपालिकाको विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा, २०८१, निर्माण गरिएको बताएको छ ।
गाउँपालिकामा यसै आ.व. देखि घर बिमा कार्यक्रम सञ्चालनमा ल्याइएको अध्यक्ष गिरीले बताए । भूमिहिन दलित, भूहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन विवरण एकिन गरिएको जनाएको छ ।









