रामीडाँडा केन्द्र विन्दु बनाएर फेरी गयो भूकम्प

जाजरकोट / जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाडाँलाई केन्द्र विन्दु बनाएर सोमबार २ ः २५ बजे भूकम्प गएको छ ।
४.३ हेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तक तिम्लसेना जानकारी दिनुभयो । उहाँका अनुसार यो पराकम्पन हो । जाजरकोट आसपासका जिल्लाहरुमा कम्पन महसुस भएको उहाँले जानकारी दिनुभयो ।
जाजरकोट केन्द्र विन्दु बनाएर पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । केही घरमा आजको पराकम्पनले क्षती भएको नलगाड नगरपालिका–४ का दिपेन्द्र शर्मा न्यौपानेले जानकारी दिनुभयो ।



