नेपालमा विषादिको प्रयोग बढदो यसले मानव स्वास्थ्यमा पारेको असर र चुनौतीहरु

विषादी भन्नाले
विउ विजन रुख पशुपन्छी , मानव स्वास्थ्य ,निर्माण क्षेत्रहरुमा लाग्ने शुत्रुजिवलाई रोक्ने , हटाउने , नियन्त्रण गर्ने ब्यवस्थापन गर्ने र नाश गर्ने लक्ष्य राखि प्रयोग गरिने विाषलु पदार्थलाई नै विषादि भनिन्छ । जिवनाषक विषादि भन्नाले बोट विरुवा ,कृषि जन्य पदार्थ र अन्य भण्डारण ,प्याकेजिङ्ग वन तथा वन पैदावार , फाइदाजनक जिव पशुपन्छी जनस्वास्थ्य र निर्माण कार्यमा हानी पुरयाउने रोग किरा, सुलसुले, निमाटोड, झारपात , मुसा लगायतबाट बचाउन प्रयोग गरीने , प्राङगारिक तथा वानस्पतिक ,जैविक तथा राषायनिक पदार्थलाई जिवनाषक विषादि भनिन्छ ।
राषायनिक विषादिको असर
विषादिको तत्कालिन असर
विषादि प्रयोग गर्दा सावधानि नपनाउदा मानिसमा तत्कालिन असरहरु मानिस यदि विषादिको असर गर्दा यस्ता लक्षणहरु देखा पर्दछन
रिगंटा लाग्ने , थाकेको महसुस हुने ,टाउको दुख्ने , स्वास्वा हुने , खोकि लाग्ने लाटो हुने , छाला चिलाउने , छाला फुटने , छाला रातो , सेतो , हुने फोका आउने यी साधारण असरहरु हुन भने बान्ता आउने , छाती दुख्ने , गह्रो हुने वाकवाक आउने , पेट बटारिने , पखाला लाग्ने , लडखाराउने हिडने ,माशपेशी थाक्ने , कम्पन आउने , मासपेशी बटारिने , हुने गर्दछ भने कडा असरहरु पक्षघात , आक्रमण ,मुर्छा पर्नु , होस हराउने , धेरै पसिना आउने , आँखाभौ फरफराउनु, धमिलो देख्नु , धेरै आशु बग्नु , बढि रयाल चुहिने , नाक पोल्ने , अनिद्रा हुने , आँखा रातो हुने, आँखा पोल्ने , जस्ता असरहरु देखा पर्दछन । यो मात्र नभएर विाषदिले गर्दा मानिसलाई दिर्घकालिन असरहरु देखा पर्दछन विषादिले गर्दा , क्यासर हुने , बशाणुगत परिवर्तण , विकृती बच्चा जन्मीनु , टयुमर आउनु , कलेजो तथा मृगौला विग्रीनु , प्रजनन सम्बन्धि विकृती (शुक्राणुको कमी , बाझोपन हुने , गर्भ तुहिनु , स्नायु सम्बन्धि दोष (पक्षघात , छारे रोग मानसिक विकासमा बाधा पुरयाउनुको साथै ,एलर्जी ,दम , अन्धोपन दृष्टि कमजोर , हुने अपांग बच्चा जन्मने बालबालिकाहरुमा पुर्ण पारालाईसिस (अपागता ) को अवस्था श्रृजना गर्दछ । विषादिले मानिसमा रोग प्रतिरोधात्मक क्षमता प्रतयक्ष नकारात्मक असर देखाउछ । बालबालिकाहरुमा विभिन्न अंगहरुमा मासु पलाउने ( टयुमर ) समस्या उत्पन्न गर्छ । विषादिले लोग्ने मानिसको शक्राणुमा प्रत्यक्ष नकारात्मक असर गरी सन्तान उत्पादन क्षमतामा ह्रास लयाउछ । विषादिले गर्दा डि एन ए को क्षयीकरण हुन सक्छ । जन्मिने बच्चामा अपाङ्गनता ल्याउछ ।
यती मात्र नभएर वातावरणीय असरहरू
क. माटोको गुणस्तरमा गिरावटः
विषादीले माटोमा रहेका लाभदायक सूक्ष्म जीव, जैविक कारक तत्व र जीवाणुहरूलाई मार्ने गर्छ, जसले माटो बाँझो बनाउँछ। यसले बालीको उत्पादनशक्ति घटाउँछ र भविष्यमा माटो पुनः उर्वर बनाउन धेरै मेहनत लाग्छ।
ख. जलस्रोत प्रदूषणः
वर्षा वा सिँचाइको कारण विषादी बगेर खोला, इनार, कुवा, तालतलैया वा धारा प्रणालीमा पुग्न सक्छ। यसले जल स्रोतमा बसोबास गर्ने जीवजन्तु नष्ट गराउँछ, र मानव सेवनयोग्य पानी पनि प्रदूषित हुन्छ।
ग. हावामा प्रदूषणः
स्प्रे गर्दा विषादीको कण हावामा मिसिन्छन्, जसले छिमेकी बाली, मानिस वा जनावरहरूमा असर गर्छ।
घ. जीव–जन्तु र जैविक विविधतामा असरः
विषादीले प्राकृतिक जैविक सन्तुलन बिगार्छ। मौरी, फट्यांग्रा, चराहरू, सर्प, बेग्लाबेग्ला कीरा जसले बालीमा परजीवी नियन्त्रण गर्छन्, तिनीहरू मर्छन्। यसले कीराबाट हुने क्षति बढाउँछ।
विश्वभर हरेक वर्ष करीव ३८.४ करोड मानिसहरु अनिच्छित विषादि विषाक्तत्ता कारण घटनाहरुहुने अनुमान गरीएको छ । जसमा करीव विषादिको कारणले करिव ११ हजार मानिसको मुत्यृ हुने गर्दछ ।
विश्वमा विषादिका कारण आत्माहत्या गर्नेको सख्या भने चिन्ताजनक रहेको छ । एक अध्ययन अनुसार विषादिको प्रयोगबाट आत्माहत्या गर्नेको सख्या हरेका वर्ष करिव २ लाख ५८ हजार २ सय ३४ मानिसको मुत्यू हुने गर्दछ । जुन विश्वकोभरीको आत्माहत्याहरुको ३० प्रतिशत विषादिबाट आत्माहत्या हुने गर्दछ ।
सयुक्त राष्ट संघको एक अध्ययन अनुसार विषादिको प्रयोग र त्यसकोबाट हुने विषाक्तत्ताको कारणले हरेक वर्ष करिव २ लाख मानिसको मुत्यू हुने गर्दछ ।
विषादीको प्रयोग
आर्थिक उपार्जन र उपभोगको लागि लगाइएका कुनै पनि बोट विरुवा बाली नालीहरुमा देखिएका विभिन्न किसिमका रोग किरा तथा झारपात , मुसा आदिले बाली कटानी अघि वा पछि समेत गरेर विभिन्न तवरतरीकाले बालीहरुमा २० देखि ३५ प्रतिशत सम्म वार्षिक रुपमा नोक्सान पुरयाउने गर्दछ । एकातिर हेर्ने हो भने उत्पादनको यती ठुलो हिस्सा वार्षिक रुपमा नोक्सान भैरहेको छ । अर्को तिर भुमिको उत्पादकत्व ह्रास र जनसंख्या वृदि तिब्र रुपमा भैरहेको छ । तथापी यस्तो अवस्थामा शत्रुजिवबाट हुने नोक्सानी भैइरहेको उत्पादनको हिस्सालाई मात्र जोगाउन सकियो भने पनि खाद्य सुरक्षामा ठुलो टेवा पुग्ने देखिन्छ ।त्यसैले हाल विषादिको प्रयोग अपरीहार्य रहेको छ । साथै मानिस तथा पशुहरुमा लाग्ने विभिन्न रोगका संवाहक (भेक्टरस ) को नियन्त्रण गर्न पनि हाल विषादीको प्रयोग भैरहेकोे छ ।

ठुल ठुला होटलहरु लामखुटे तथा उद्योगहरुमा पनि किरा मार्नका लागि ब्यापक रुपमा विषादिको प्रयोग भएको छ । हेर्दा ठुला होटलहरु सफा गर्नको लागि विषादीको प्रयोग गरेर किरा मार्ने गर्ने गरीन्छ । सामान्य रुपमा अहिले हामीले दैनिक रुपमा खाईरहेको तरकारी तथा फलफुलमा विषादि तथा हर्मोनको प्रयोग भैरहेको छ । उदारणको लागि हामीले दैनिक रुपमा खाइरहेको केरामा हाल ब्यापकरुपमा हर्मोनको प्रयोग भैरहको छ । केरा पकाउनको लागि इथोफेन हर्मोन क्याल्सियम कार्वाइडको हर्मोनको प्रयोग भैरहेको छ । यसले स्वास्थ्यमा धेरै नराम्रो असर गर्ने भए पनि मानिसले यसको प्रयोगलाई सामान्यरुपमा लिईरहेका छन पहिले गाउँघरमा सफा अर्गानि स्थानिय केरा पाउने क्षेत्रमा पनि हाल यो हर्मोनको कारण केरा पकाउनको लागि आगोको धुवाको ताप दिने बाक्लो कपडामा बेरेर राख्ने तथा नुन लगाएर पकाउने गरीन्थ्यो भने अनिले मानिस छिटो र सजिलो तरीका मानेर हर्मोनलाई केराको फेदमा लगाएमा दुई तिन दिनमा केरा पाक्ने गर्दछ । छिटो बजार बेच्न सजिलो मानेर सबैले गाउँमा ब्यापकरुपमा प्रयोग हुन थालेको छ ।

यो हमोनको कारणले गर्दामा मानिसमा क्यान्सर हुने गर्दछ । नेपालमा अहिलेको अवस्थामा हेर्ने हो भने बालीनालीमा नयाँ नयाँ रोग किराको प्रकोप बढदै गइरहेको छ । तर मानिसले आफनो आवश्यकता भन्दा बढि चाहाना परिपुर्ती गर्न खोज्दा सन्तुलन खलबलिन्छ अनि शत्रुजिवको प्रकोपले माहामारीको रुप लिन्छ र आर्थिक नोक्सान तह भन्दा माथि जान्छ । यस्तो अवस्थामा सामान्य तया हेर्ने हो भने बालीनालीमा शत्रुजिव रोग किरा बाली र वातावरण यी तिन पक्ष विचमा प्रकोप बढदा अन्तरसम्बन्ध असन्तुलन देखिएता पनि वातारण र शत्रुजिवको असन्तुलनको परिणाम हो । कुनै पनि बालीमा प्रयोग गरिएको विषादिको करिव ८० प्रतिशत जिवनाषक विषादि सामान्यतया माटोमा टुगिने गर्दछ ।

माटोमा पुगेको विषादि निष्कृय हुनको लागि निकै लामो समय लाग्ने गर्दछ । जसको कारणले माटोमा रहेका शुक्ष्म जिवाणुहरुलाई आघात पुग्नुको साथै भुमिगत , जलश्रोत खोल्सा , खोलामा विष प्रदर्षण हुने खतरा बढदै जान्छ । यस्तो अवस्थालाई सन्तुलनमा ल्याउनको लागि बाली संरक्षणका लागि बैकल्पिक उपायहरुको प्रयोग र विषादिकोे सही र समुचित प्रयोगमा निरन्तरता दिनु अपरिहार्य रहेको छ । अहिले नेपालमा उत्पादन बढाउनको निम्ती दिनानुदिन विषादिको बढदै गैरहेको छ । हामिले खाने दैनिक तरकारी भयानाक विषादिले गर्दा विषाक्त हुदै गैरहेको छ । आजभोली सामान्य किरा देखिने पनि विषादि प्रयोग गर्ने चलन बढदै गैरहेको छ जसले गर्दा नयाँ पुस्तामा विषादिको असर जटिल देखिने सम्भावना छ । मानिसमा नपुषकको सम्भावना तेतीकै चिन्ता जनक रहेको छ ।

नेपालमा विषादि खपतको अवस्था
नेपालमा विाषदिको खपत अवस्था हेर्ने हो भने एक अध्ययन अनुसार प्रति हेक्टर ०.३९६ ग्राम खास विषको प्रयोग हुने गरेको छ । विश्वको हिसावमा हेर्ने हो भने सबै भन्दा बढि दक्षिण कोरियामा १६ किलो ५ सय ५९ ग्राम प्रति हेक्टर प्रयोग हुने गरेको छ । नेपालको भन्दा धेरै जनसख्या भएको छिमेकी देश भारतमा नेपालको भन्दा कम विषादि प्रयोग हुने गरेको छ । प्रति हेक्टर ३८४ ग्राम खास विषको प्रयोग हुने गरेको छ । बिश्वमा कम विषादि अफ्रीका जम्मा ०.१२ ग्राम प्रति हेक्टर खास विसको प्रयोग हुने गर्दछ । नेपालमा आयात भएको विषादि मध्ये ८० प्रतिशत विषादि तरकारी बालीमा प्रयोग हुने गर्दछ ।

तरकारी बालिमा प्रति हेक्टर १६ सय ५ ग्राम खास विषको प्रयोग हुने गर्दछ । भौगोलिक हिसावले हेर्ने हो भने उच्च पहाडमा ०.०८५ ग्राम प्रति हेक्टर पहाडमा ०.३१४ ग्राम प्रति हेक्टर तराईमा ०.९९५ ग्राम प्रति हेक्टर भने उपत्यका ०.४७० ग्राम प्रति हेक्टर खास विषको प्रयोग हुने गरेको छ । यही तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा तराईको हिसावमा पहाडी क्षेत्रहरुमा अर्गानिक बस्तु पाउन बढि सम्भावना रहेको छ । यो अवस्थालाई जोगाई राख्न अहिलेको चुनौती रहेका छ ।

बालि अनुसार विषादिको खपत
खाद्यान्न बालीमा ०.०४६ ग्राम प्रति हेक्टर
तरकारीमा बालीमा १ केजि ६ सय ४६ ग्राम प्रति हेक्टर
नगदे बालीमा ०.१८६ ग्राम प्रति हेक्टर
दाल बालीमा ०.०५० ग्राम प्रति हेक्टर
फलफुलमा ०.०२९१ ग्राम प्रति हेक्टर
नेपालमा विषादिको आयातको अवस्था
नेपालमा विषादि आयत अवस्था आ.व २०७९।८०को तथ्याक अनुसार रुपमा १ अर्व ६९ करोड ६३ लाख ६१ हजार बरावर अर्थात १ लाख १८ हजार ३ सय मे टन ४६ के जी खास विषको आयात हुन्छ । विषादिको नाममा मात्र यत्रो आर्थिक खर्च भैरहेको छ । नेपालमा सबै भन्दा बढि विषादि आयात ढुषिनाषक ५ लाख १६ हजार ५ सय ४९ के जि र किटनाषक ३ लाख ५४ हजार ३ सय ५८ के जि शाकाणुनाषक १.४ के जि झारनाषक , २ लाख ८६ हजार , १ सय ८२ के जि मुसानाषक २६ हजार ५ सय के जि सखेकिरानाषक १ सय २० के जि र जैविक विषादि २९.१९ केजि आयात हुने गरेको छ ।

राषायनिक विषादिको ब्यवस्थापन तथा न्युनिकरण
जैविक विधि
प्राकृतिक रुपमा प्रापत हुने शुक्ष्मजिव , ढुषि ,शाकाणु, विषाणु जुका , विरुवा वा विरुवाजन्य उत्पादनमा हुने निश्चित किसिमको पदार्थ वा किरा जसमा शत्रुजिवलाई नियन्त्रण वा निष्कृय पार्ने आकर्षण गरेरहरुको फसाउने वा विकर्षण गर्न सक्ने विषालुपन युक्त विषादिलाई प्रयोग गरेर बालीमा लाग्ने रोग किरा र झारपातको नियन्त्रण गर्न सकिन्छ । यस्तो खालको जैविक विषादि प्रयोग गर्दा शत्रुजिवलाई पुर्णरुपमा नमार्ने हुदा शत्रुजिवको बृदि हुन नदिई शत्रुजिवको सख्यामा बृद्रि हुन नदिई नियन्त्रण गरी राख्दछ । यीनि प्रभाव वातारणमा राषायनिक विषादिको तुलनामा लामो समयसम्म रहदैन । वातावरण मानव स्वास्थ्य लगायत अन्य लक्षित जिवको तुलनात्मकरुपमा सुरक्षित हुन्छन । र यसको प्रयोगले शत्रुजिवले विषादि पुरयाउने सक्ने क्षमता तथा शत्रुजिवको सख्यामा पुन बृदि हुन सक्ने सम्भावना निकै कम हुन्छ । स्थानिय स्तरमा उपलब्ध हुने जैविक विषादिको गुण भएका जस्तै तितेपाति , असुरो , ओखरको पात , खुर्सानि खिररोहरुको श्रोतहरुबाट जैविक विषादि बनाएर प्रयोग गर्न सकिन्छ ।
क्लोरोडेन
डीडीटी।
डाइएल्ड्रिन
नेपालमा प्रतिबन्धित विषादी
नेपाल सरकारले २६ वटा विषादिलाई अत्यन्त घातक भएको कारण प्रयोगमा प्रतिबन्धित लगााएको छ ।
 डीडीटी ९म्म्त्०

 बीएचसी ९द्यज्ऋ०

 एल्ड्रिन ९ब्मिचष्ल०

 क्लोर्डेन ९ऋजयिचमबलभ०

 डाइल्ड्रिन ९म्ष्भमिचष्ल०

 एन्ड्रिन ९भ्लमचष्ल०

 हेप्टाक्लोर ९ज्भउतबअजयिच०

 लिन्डेन ९ीष्लमबलभ०

 माइरेक्स ९ःष्चभह०

 फस्फामिडन ९एजयकउजबmष्मयल०

 टोक्साफेन ९त्यहबउजभलभ०

 अर्गानो मर्करी कम्पाउन्ड ९इचनबलय ःभचअगचथ ऋयmउयगलमक०

 मिथाइल पाराथियन ९ःभतजथ िएबचबतजष्यल०

 मोनोक्रोटोफस ९ःयलयअचयतयउजयक०

 एन्डोसल्फान ९भ्लमयकगािबल०

 फोरेट ९एजयचबतभ०

 कार्बोफ्युरान ९ऋबचदयागचबल०

 डाइक्लोरोभस ९म्ष्अजयिचखयक०

 ट्राइजोफस ९त्चष्बशयउजयक०

 कार्बारिल ९ऋबचदबचथ०ि

 बेनोमिल ९द्यभलयmथ०ि

 कार्बोसल्फान ९ऋबचदयकगािबल०

 डाइकोफल ९म्ष्अयाय०ि

 एल्मोनियम फस्फाइड ९ब्गिmष्लष्गm एजयकउजष्मभ० ५६५ ट्याब्लेट

 पाराक्वाट डाइक्लोराइड ९एबचबत्रगबत म्ष्अजयिचष्मभ०

 क्लोरपाइरिफोस ९ऋजयिचउथचषयक०
विषादिको प्रयोग गर्दा ध्यान दिनुपने कुराहरु
हाल नेपालमा अहिले कृषकले प्राविधिकको सल्लाह भन्दा एगा्रेभेटले कृषि प्राविधिकको सल्लाह तथा सिफासि विना एगा्रेभेटले विषादि बेच्ने र कृषकले एग्रोभेट भरोसामा विषादि लिने गरेको कारणले पनि हाल विषादिले विकराल समस्या बढदै गैरहेको छ । कृषकले पनि विषादिको जोखिम बारेमा जानकारी नलीई जथाभावि रुपमा बढि उत्पादनको नाउमा विषादि प्रयोग गर्ने गरेको पाईन्छ ।
विषादि छनोट गर्दा प्राविधिक सल्लाहमा संकेतका आधारमा सकेसम्म कम घातक विषादिको छनोट गर्नु पर्दछ ।
विषादिको प्रयोग गर्दा पुर्ण विषादिको लेभलमा उल्लेख गरेका कुराहरु गरेका कुराहरु राम्रो संग पढेर मात्र विषादि प्रयोग गर्नु पर्दछ ।
विषादि तयार गर्द सहि मात्रामा र छर्कदा सहि समयमा छर्कनु पर्दछ । विषादि प्रयोग गर्ने उपकरणहरु सहि अबस्था राख्नु पर्दछ । विषादि सुरक्षित तरिकाबाट राख्नु पर्दछ । विाषदि सकिएको भाँडोलाई सुरक्षित रुपमा नष्ट गर्नु पर्दछ । विषादि छर्के पछि बालि टिप्न पर्खनु पर्ने अवधिलाई ध्यान दिएर टिपिएका खानेकुराहरु मात्र खाने गर्नु पर्दछ ।
विषाद चलाउनदा शरीरमा असर देखिएमा तरुन्त प्राथामिक उपचार गरी चिकित्सकको परामर्स लिनु पर्दछ ।
विषादि हालेको भाडोमा खाने कुरा राख्नु हुदैन ।
विषादि जथाभावि रुपमा पोख्नु वा फाल्नु हुदैन ।
विषादि छर्कदा हावा आफुतिर आएको दिशा तर्फ फर्केर छर्कन हुदैन ।
विषादि राखेको वा छर्केको ठाँउ नजिक बसेर खानेकुरा खानु हुदैन ।
केटाकेटिले भेटने ठाउमा कहिले पनि विषादि राख्नु हुदैन ।
प्रायोगमा प्रतिबन्धित तथा पञ्चीकरण (दर्ता ) नगरीएका विषादिको प्रयोग गर्नु हुदैन ।
्विषादि पानिको श्रोतमा छर्कनु हुदैन ।
हाल विषादिको कारणले कृषि क्षेत्र विग्रीदै गैरहेको छ । कृषि उत्पादन गुणस्तरहिण बस्तु विषात्त बस्तु उत्पादन भैरहेको छ । कृषिमा बढि उत्पादन र राम्रो देखाउनको लागि विभिन्न किसिमको हर्मोन तथा विषादिको प्रयोग हुदै आएको छ । जसको कारण उपभोक्ता स्वस्थ खाने कुराहरु उपभोग गर्न पाएका छैना यसको विषयमा केहि क्षेत्रमा विषादि अवशेष दुर्त परीक्षण भएता पनि सबै क्षेत्रमा विषादिको अवशेष परिक्षण हुन सकेको छैना । यसमा सबै सरकारवाला निकाय तथा आम किसान , उपभौक्ता बैलेमा सचेत हुन जरुरी छ । नत्र भने यसले भविष्यमा उग्र रुपलिने सम्भावना रहेका छ ।कर्णाली प्रदेशले अर्गानिक प्रदेश भनेर घोषणा गरेनि कायान्वयनमा फितलो हुदै गैरहेको यसको दिर्घकालिन कायान्यन हुन सकेको छैना । अहिले अर्गानि उत्पादनको चर्चा धैरे रहेको छ पछिल्लो समय अर्गानि बस्तुको चासो बढदै गए पनि विस्तारै देश राषायनि मय हुदै गैरहेका छ । अहिले अर्गानिक उत्पादनलाई यहि अबस्थामा जोगाईराख्न चुनौती रहेका छ ।
अन्तमा यो विषादि प्रयोगलाई न्युनिकारण गर्नको लागि तिन पक्षले सोच्न पर्ने जरुरी रहेका छ । कृषक, ब्यापारी तथा उपभोग कर्ता कृषकले आफनो उत्पादनलाई गुणस्तरण स्वच्छ सफा उत्पादन गर्न सधै तत्पर रहुनु पर्छ भने ब्यापारीले पनि आफुले बेच्ने बस्तु स्वच्छ र गुणस्तर बस्तुलाई बेच्ने गर्नु पर्दछ र विषाक्त बस्तुलाई खरिद विक्री गर्न मनाइ गर्नु पर्दछ । र उपभोग कर्ताले पनि आफुले खाईरहेको बस्तु गुणस्तर छ की छैना भनेर थाहा पाएर मात्र उपभोग गर्नु पर्दछ । विषाक्त बस्तुलाई उपभोग गर्न बन्द गर्नु पर्दछ । सबैले स्वच्छ बस्तु उत्पादन , स्वच्छ बस्तु विक्रि वितरण तथा स्वच्छ बस्तु मात्र उपयोग गर्न सकियो भने यसलाई न्युनिकरण गर्न सकिन्छ । साथै स्थानिय तह , प्रदेश सरकार , तथा संघ सरकारले यस विषयलाई ध्यानमा राखि विषादि प्रयोग न्युनिकरण गर्नको लागि सबैले आ आफनो अधिकार प्रयोग गरेर विषादिलाई न्यनिकरण गर्न पहल गर्न पर्दछ ।सरकारले विषादीको बिक्री, प्रयोग र भण्डारणमा कडा नीति बनाउनु र नियमित अनुगमन गर्नु अत्यावश्यक छ। म्याद गुज्रेका विषादी जबरजस्ती बजारबाट हटाइनु पर्छ। । यसलाई न्युनिकरणको लागि आम मानिसमा विषादि जोखिम तथा विषादिको असर बारेमा तिन वटै सरकारले जनचेतना फैलाउन आवश्यक छ । विषादिको असर सम्बन्धि जनचेतना नभएर पनि विषादिको प्रयोग बढदै गैरहेका छ ।
धिरेन्द्र बस्नेत
नायव प्राविधिक सहायक
कुशे गाउँपालिका जाजरकोट





error: Content is protected !!