भूकम्प पीडित गाउँमा खानेपानी

सुर्खेत ः भूकम्प पीडित जाजरकोटको नलगाड नगरपालिका–६ सागबारी नेटलेक तथा भारगाउँमा खानेपानी पुगेको छ । नगरपालिकाको रु २० लाख बजेटमा खानेपानी पुगेको उपप्रमुख देवका लामीछानेले जानकारी दिनुभयो । लिफ्ट मार्फत पानी तानेर गाउँमा खानेपानी योजना सञ्चालन भएको उहाँले जानकारी दिनुभयो ।
हाल ३५ घरधुरी भन्दा बढीलाई सहज रुपमा पानी उपभोग गर्न पाउने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । १८ वटा धारा मार्फत गाउँमा पानी पुर्याउने काम भएको छ । पिउने पानीको अभावमा समस्यामा परेका स्थानीयबासीलाई घर नजिकै पानी पुग्दा खुसी भएको स्थानीयबासी रमिता विकले बताउनुभयो ।
लेकको टुप्पामा भएका कारण लिफ्ट मार्फत खानेपानी योजना सञ्चालन गनुपरेको नगरपालिकाले जानकारी दिएको छ । सौर्य उर्जा मार्फत (सोलार सिस्टम) जडान गरेर पानी तानिएको छ ।



