जुनिचाँदे गाउँपालिकाका अध्यक्ष शाहीका छोरा अवैद्य असुलीका कारण पक्राउ

जाजरकोट ः जुनिचाँदे गाउँपालिकाका अध्यक्ष वेदबहादुर शाहीका छोरा पारस शाही अबैद्य रुपमा रकम सरकारी कागजात दुरुपयोग गरेर रकम असुल गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ । जुनिचाँदे गाउँपालिकाको नक्कली छाप , लेटरप्याड ,रसिद बनाएर रकम असुल गरेको आरोपमा जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।

जुनिचाँदेबाट बाहिरिने खनिज तथा जडीबुटीबाट रकम असुल गर्न त्यो कार्य पहिले देखि गर्दै आएको प्रहरीको भनाई रहेको छ । गाउँपालिकाका अध्यक्ष शाहीले हस्ताक्षर गरेर छोरालाई रकम असुल गर्नका लागि नियूक्ती समेत दिएको खुलेको छ । उत्ता उपाध्यक्ष बीरेन्द्र शाही दैनिक मदिरा सेवन गरेर कार्यालयमा आएर जथाभावी गर्दा समस्या भइरहेको कर्मचारीहरु बताउँछन् । उपाध्यक्ष शाहीले मदिरा सेवन गरेर जथाभावी बोलेको भिडियो समाजिक सञ्जालमा सार्वजानिक समेत भएको छ ।





error: Content is protected !!