यार्सागुम्वा संकलकहरु विरामी हुँदा उपचारमा समस्या

सुर्खेत /  यार्सागुम्वा पाटनहरु खुलेसँगै उपल्लो डोल्पामा यार्सागुम्बा संकलनका लागि जाने संकलकहरु बिरामी हुन थालेका छन् । शे फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो स्वास्थ्य चौकीमा दैनिक लेक लागेका बिरामीहरु संख्य बढेको स्वास्थ्य चौकीका प्रमुख पारशकुमार शाहीले जानकारी दिनुभयो ।

आज तीन जना सिकिस्त विरामीहरुको उपचार गरिएको उहाँले जानकारी दिनुभयो । जाजरकोट बारेकोट गाउँपालिका ५ तोलखानाका ५४ वर्षीय नर बहादुर सिंहको उपचार उपचार सुरु गरेपनि थप उपचारका लागि जिल्ला अस्पतालमा सिफारिस गरिएको छ । त्यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –९ की शत्यवती बोहरालाई उपचार गरेर घर तर्फ जान सल्लाह दिइएको छ । लेक लागेर समस्यमा परेकी जाजरकोट जिल्ला नलगाड नगरपालिका– १३ की हितकुमारी बिकको स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रमुख शाहीले जानकारी दिनुभयो ।

उहाँलाई जिल्ला अस्पतालमा सिफारिस गरेपनि बोक्ने मानिस र पैसा नहुँदा जिल्ला अस्पतालमा पठाउन नसकिएको उहाँले बताउनुभयो । विकको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ ।

शाहीले भन्नुभयो ,‘ उच्च स्थानमा घुम्न जादा आफ्ना लागि किनेर ल्याइएको लेक लाग्न बाट रोक्ने औंषधी र अक्सिजन क्यानले बिरामीको ज्यान बचाउनु पर्ने अवस्था छ । हाल फोक्सुण्डो स्वास्थ्य चौकीमा स्टक एसिटाजोलामाइड, डेक्सोना ट्याब्लेट सम्म नभएको अवस्था छ ।

अक्सिजनका लागि डाक्टर दिलबहादुर तामाङ द्वारा संचालित कान्छीमाया तामाङ फाउन्डेसनले उपलब्ध गराएको कन्सेन्ट्रेटर को भर पर्नुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो । हाल दैनिक बिरामीहरुको संख्य बढदा उपचारमा समेत समस्या हुन थालेको उहाँले बताउनुभयो । आवश्यक औषधि नहुँदा उपचारमा थप चुनौति थपिँएको छ ।





error: Content is protected !!