फोक्सुण्डो ताल घुम्न राजदूत नवीन श्रीवास्तब डोल्पामा

डोल्पा ः नेपालकालागि भारतीय राजदूत नवीन श्रीवास्तब डोल्पा पुगेकाछन् । शे -फोक्सुण्डो गाउँपालिकामा रहेको नेपालकै गहिरो फोक्सुण्डो ताल भ्रमणकालागि राजदूत श्रीवास्तब डोल्पा आएकाहुन् । उनी बिहीबार बिहान नेपालगन्जबाट जहाजमा जुफाल विमानस्थल झरेका थिए । उनलाइ ठुलिभेरी नगरपालिकाका नगर प्रमुख सुवर्ण कुमार बुढाले विमानस्थलमा स्वागत गरेका थिए । व्यक्तिगत भ्रमणकालागि डोल्पा पुगेका उनी आजै फोक्सुण्डो ताल तर्फ हिँडेको बताइएको छ ।





error: Content is protected !!