सरकारप्रति हाम्रो कुनै अभिरुचि छैन ः प्रचण्ड

सुर्खेत , १० माघ ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले गलत तरिकाले अध्यादेश ल्याएर शासन गर्न खोजिएको भन्दै विरोध जनाउनुभयो ।
संवैद्यानिक तथा लोकतान्त्रिक बिधिलाई मिचेर संसदमा प्रवेश गरिसकेको विद्येक , समितिमा छलफल भइरहेको विद्येकलाई प्रक्रियागत ढंगले फिर्ता लिनुका सट्टा मन्त्रीपरिषदबाट नमिल्ने काम गरीे दुससाहस भएको भन्दै अध्यक्ष प्रचण्डले विरोध गर्नुभयो । विपक्ष दलको तर्फबाट आफूहरुले संयूक्त वक्तव्य निकालिसकेको बताउदै उहाँले सरकारले सदन सुचारु भन्दा अध्यदेशलाई बल गरेपछि विशेष अधिवेशनको माग गर्न २५ प्रतिशत संख्य भएपछि सरकारले बाध्य भएर माघ १८ गते सदनमा बैठक बोलाएको बताउनुभयो । भ्रष्टाचारी तथा आफ्ना मान्छे बचाउने काममा सरकार लागेको भन्दै अध्यक्ष प्रचण्डले राम्रो काम भएका संस्थ तथा कर्मचारी माथी आक्रमण गर्ने काममा सरकार अगाडी बढेको आरोप लगाउनुभयो ।
सरकारप्रति आफूहरूको कुनै अभिरुचि नभएको उहाँले बताउनुभयो । बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले वर्तमान सरकार अवैध तरिकाले बनेकोले धेरै टाढा नजानेमा भने आफूहरू प्रस्ट रहेको जिकिर गनुभयो ।
संविधान र जनताको भावना विपरीत सरकार गठन भएकोले धेरै पर नजाने उहाँको भनाइ थियो ।
आफूले भने अनुसार नै सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको प्रचण्डले दाबी गनुभयो । यद्यपि आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको उहाँले प्रस्ट पानुभयो । देशको राजनीति सहज नदेखिएको भन्दै प्रचण्डले प्रधानमन्त्री ओलीको क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको बताउनुभयो । ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार जबर्जस्ती चलेको बताउनुभयो ।
उद्योग वाणिज्य संघले नेपालगन्जमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सव २०८१ को उद्घाटन गर्न नेपालगन्ज जाने क्रम्मा सुर्खेत आइपुगेका प्रचण्डले सरकार प्रति आफूले पहिला नै अनुमान गरेको कुरा नै लागू भएको बताउनुभयो ।
नीतिगत रुपमा सरकारको आयु धेरै लामो छैन । जुन ढंगले सरकारको जन्म भयो त्यो लामो आयुको छैन । तर हामीलाई सरकारमा अहिले कुनै रुचि छैन उहाँले भन्नुभयो ।



