छेडागाड सहित तेइस निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो

सुर्खेत , १० माघ ः २३ वटा स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारीबाट हटाउने क्रम्मा कर्णालीबाट पनि छ वटा स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई हटाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०८१÷१०÷०९ को निर्णयानुसार स्थानीय तहहरुमा निमित्त भई कार्य गर्न प्रदान गरिएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरिएको हो । अधिकांश छौटौं र सातौ तहमा मात्र नभई विषयगत शाखाका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत रहेकोमा जिम्मेवारबाट हटाएको छ । मन्त्रालयका प्रवक्ता तथा सह सचिव कालिप्रसाद पराजुलले रिक्त रहेको ठाउँमा छिट्टै कर्मचारी पठाइने जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मी देखि प्राविद्यिक धारका कर्मचारीलाई निमित्त दिएर आर्थिक तथा प्रशासनिक कामहरु हुँदै आएकोमा अब सो ठाउँमा नयाँ जिम्मेवारीका साथ प्रमुख प्रशासकीय अधिकृत पठाइदिने मन्त्रालयले जनाएको छ । धनुसाको धनुसाधाम नगरपालिका , सप्तरीको कन्तरुप नगरपालिका , सिराहको सिराह नगरपालिका , महोतरीको लोहरपट्टी नगरपालिका , भाँगाह नगरपालिका , बाराको महागढीमाई , पर्साको पोखरिया , जाजरकोटको छेडागाड , अछामको मंगलसेन , दाचुलाको महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ ।

त्यस्तै खोटाङको दिप्रुङ चुइचुम्वा , धनुसाको अरही , मुखीया पट्टी मुसहरनिय , सलाइको ,धनकौल , सलाईको ब्रमापुरी , बाराको सुर्वण, मुगुको सोरु , खत्याड , हुम्लाको ताजाकोट , अदानचुली , सिमकोट , अछामको चोरपाटी र बझाङको दुर्गाथलीको निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीबाट हटाएको छ । त्यस्तै अन्य ठाउँमा समेत प्रमुख प्रशासकीय अधिकृत भएपनि नहटाएर तेइस ठाउँको मात्र किन हटाइएको भन्दै सामाजिक सञ्थजालमा टिप्पणी समेत सुरु भएको छ ।

मन्त्रालय स्रोतका अनुसार पटक ,पटक विवादमा आइरहने र कार्य सम्पादन समेत सन्तोजनक नभएका कारण जिम्मेवारीबाट अलग गराएको हो । हटाएका मध्य कर्णाली प्रदेशबाट मात्र छ वटा स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतहरु रहेका छन् । निमित्त भएर काम गर्दा कानुनी रुपमा बाधा अडचन आइरहेको र तोकिएको काम गर्न समस्य भइरहेको गुनासो आएपछि मन्त्रालयले निमित्तलाई हटाउने काम सुरु गरेको छ ।





error: Content is protected !!