जाजरकोटमा उपनिर्वाचन सम्पन्न

मोहनजंग शाही
जाजरकोट , १६ मंसिर ः जाजरकोटका दुइ वटा स्थानीय तहमा आइतबार भएको मतदान सकिएको छ । कुशे गाउँपालिका ७ र नलगाड नगरपालिकाको उपप्रमुखका लागि उपनिर्वाचन भएको थियो । नलगाड र कुशे गाउँपालिकामा गरी ११ हजार ५३० मतदान भएको छ ।
६ हजार २२१ जनाले मतदानमा सहभागी हुन नपाएको सहायक निर्वाचन अधिकृत धर्मबहादुर बुढाले जानकारी दिनुभयो । १० हजार ५८२ नलगाडमा भोट खस्यो । कुशेमा ९४८ कुशेमा खसेको छ । ६४.९६ प्रतिशत मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । १७ हजार ७५१ मतदाता मध्य ११ हजार ५३० जनाले मतदान गर्नुभयो ।









