त्रिपुरासुन्दरी नगरपालिका–५ मा मतदान सम्पन्न, ८५ प्रतिशत मत खस्यो

सुर्खेत ः डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदका लागि आइतबार भएको मतदानमा ८५ प्रतिशत मत मात्रै खसेको छ ।
कुल ३५३ जना मतदाता रहेको उक्त वडामा ३०३ मत मात्रै खसेको डोल्पाका सहायक निर्वाचन अधिकृत हरिगोपाल ज्ञवालीले बताए । उनका अनुसार मतदान गर्नेमा १५८ महिला र १४५ पुरुष रहेका छन् । यहाँ वडाध्यक्ष पदका लागि लागि ४ जनाको उम्मेदवारी दर्ता भएको थियो ।
समाजवादीबाट ज्योति घर्ती, एमालेबाट नरबहादुर रोका, माओवादीबाट नरबहादुर झाँक्री र कांग्रेसबाट राजेन्द्र प्रसाद न्यौपाने रहेका छन् । यद्यपि समाजवादीले माओवादीलाई समर्थन गर्ने भएकाले एमाले, माओवादी र कांग्रेसबिच प्रतिस्पर्धा हुने छ । रातोपाटी









