सयपत्रीले तिहारको झल्को दिएपनि जिल्लावासी पीडामा हुँदा छैन तिहारको चहलपल

 मोहन जंग शाही
जाजरकोट ः भूकम्पले क्षतविच्छेद भएको जाजरकोट अहिले सोकमा छ । देशभर तिहारको रमझम हुँदा जाजरकोटमा भूकम्पको पीडाले तिहार खल्लो बनेको छ । खेत, बारी फुलेका सयपत्रीले तिहारको झल्को दिएपनि स्थानीयबासीका मनहरु दुखेका छन् । भूकम्पले परिवारका सदस्य गुमाएको पीडामा सबै निराश छन् । चिसो बढेसँगै त्रिपालमा बसेका महिला, बालबालिका र वृद्धवृद्धाको जनजीवन सबैभन्दा बढी कष्टकर बनेको छ । कात्तिक १७ गते शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा बढी क्षति गरेको छ ।

तिहारको मुखैमा यस्तो प्रकृतिक प्रकोप घट्ला भन्ने कस्लाई थाहा थियो र ? सबै परिवार संगैबसेर तिहार मनाउला भनेर कालापहाडबाट आएकाहरु कोई कृयापुत्री बसेका छन्, भने कोहि भूकम्पमा परि घाईते अबस्थामा अस्पतालको बेडमा छटपटाई रहेका छन् , कोहि को मृत्यू भैइकेको छ ।

यतिखेर तिहारको रमझम देउसीभैलो खेल्ने सबै साथि बसेर रमाइलो गर्ने समयमा सबै जाजरकोटवासी र रुकुम पश्चिमका घरहरुको खुसी खोसेर लियो, भूईचालोले तिहारको रमझमको सट्टा सबैका आँखामा आँशु र खुल्ला आकाशमुनिको बसाईले सबैको मन पिरोलिरहेको छ । जब रातिको १२ बज्नै लागेको थियो, सबैका आँखामा गहिरो निन्द्रले आफुनो सत्ता जमाएको थियो । , त्यतिखेर आयो विनासकारी भूकम्प कतै ढ्याङ ढ्या ङ ढु ङ ढु ङ गरेर हल्लायो कोई दौडदा दौडदै चोट लागेर घाईते भए त कोहिको पानी पनि भन्न नपाएर च्यापिएर ज्यान गयो ।





error: Content is protected !!