भूकम्प पीडितलाई भेटन मन्त्री बस्नेत घर ,घरमा(भिडियोसहित)
मोहन जंग शाही
जाजरकोट , २६ कात्तिक ः ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत भूकम्प पीडितलाइ भेटन घर घरमा पुग्नुभएको छ । सरकारले गर्ने पूर्ण निर्माणको काम देखि तत्काल पूर्ण स्थापनाका कामहरु सरकारले गरिरहेको भन्दै पीडितलाई तनाव नलिन मन्त्री बस्नेतले आग्रह गरिरहनुभएको छ । भेरी नगरपालिका वडा नम्बर १ का सबै ठाउँमा पुगेर भत्किएका घरहरुमा दुखी भएका मनहरुलाई मन्त्री बस्न्नेतले मलम पट्टी लगाउने काम गरिरहनुभएको छ ।
भूकम्प पीडितलाई कुनै कुराको पनि अभाव हुन नदिने भन्दै उहाँले सरकार तपाईहरुको साथमा रहेको भन्दै आस्वस्त बनानुभएको छ । भेरी १ का अधिकांश माटाले निर्माण भएका घरहरु ध्वस्त भएका छन् । धेरैले ज्यान समेत गुमाएका छन् । एकै घरका ७ जनाको मृत्यु भएका भेरी १ कोलचौरमा पुगेर प्राकृतिक प्रकोप रोकेर रोक्न सक्ने अवस्था नभएकाले बाँकी बचेको मानिसले व्यवस्था राम्रोसँग हुने बताउनुभयो । पीडित जसु रानाले मन्त्री आएर हाम्रो कुरा सुनिदिनुभयो , हामी यसैमा धेरै खुसी भएका छौँ भन्दै पीडा भुलाउने प्रयास गर्नुभएको थियो ।
भेरी १ कै मैदेमा स्थानीयले माग गरे अनुसारको सामग्री पठाउने भन्दै चिन्ता नलिन आग्रह समेत गर्नुभयो ।
त्यस्तै २ ठाउँमा सामुहिक खानाको लागि मेस सञ्चालन समेत गरिएको जानकारी दिदै त्यहाँ गएर खाना खानु हुँन समेत आग्रह गनुभयो । भेरी १ घुयलनेटा देउमा रानाले चुनावको समयमा नदेखेका मन्त्री भूकम्पले पीडित बनाएको बेला घर घरमा आएको देख्न खुसी लागेको बताउनुभयो । भूकम्पबाट उहाँले छोरी यकमाया राना घाइते हुनुभएको थियो । सदरमुकामकै पालिका भएपछि यो सबै भन्दा दुर्गम गाउँ मानिन्छ । भाग्यले छोरीलाई बचाउन सफल भएको भन्दै राम्रो उपचारको व्यवस्थापन गरिदिएको मन्त्री ज्यूलाइ धन्यवाद समेत उहाँले दिनुभयो ।
मन्त्री बस्नेतले उक्त गाउँमा खानेकुरा , त्रिपाल र पानीको अवस्था के छ भन्दै जानकारी लिनुभएको थियो । पानीको अभाव भएको खवर पाए लगत्तै प्रमुख जिल्ला अधिकारीलाई तुरुन्तै व्यवस्थापन गर्न पीडित स्थलबाटै फोन गरेर निर्देशन दिनुभयो । मन्त्री बस्नेतको बिवाह भएको मैदे गाउँमा समेत भूकम्पले कुनै घर सक्लो नभएको पाइएपछि त्यहाँको लागि सबै व्यवस्था मिलाउन प्रजिअ सुनारलाई निर्देशन दिनुभएको थियो । पीडित जनतालाई कुनै पनि प्रकारको समस्य हुन नदिने भन्दै सरोकार राख्ने सबै निकाय तयारी अवस्थामा रहनुपर्ने समेत उहाँले बताउनुभयो ।
मन्त्री बस्नेत गाउँ पुगेपछि अहिले सम्म कुनै पनि निकाय नआएको भन्दै भूकम्प पीडितले आफ्ना सबै गुनासाहरु राखेका थिए । अधिकांश सर्बसाधारणले घर निर्माण देखि तत्काल परेको समस्य समाधानका विषयमा जिज्ञासा राखेका थिए । मन्त्री बस्नेतले संघ सरकार र प्रदेश सरकारको संयूक्त लगानीमा सबै व्यवस्थापन तिहार लगत्तै हुने बताउनुभयो ।