नलगाडमा पूर्वकर्मचारीले भूकम्प पीडितलाई आर्थिक सहयोग
जाजरकोट , २६ कात्तिक ः नलगाड नगरपालिकामा पूर्वकर्मचारीहरुले भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेका छन् ।
पुर्ब कर्मचारीको सामुहिक समन्वय, सहयोग र अग्रसरतामा २ लाख ८५ हजार ७११ रुपैयाँ नलगाड नगरपालिकामा हस्तान्तरण गरिएको छ । देश तथा बिदेशमा रहनुहुने सहयोगीबाट रु १ लाख ७८ हजार ५३४ र पुर्व कर्मचारीहरुबाट रु १ लाख ७ हजार १७७ रकम संकलन गरिएको थियो ।
उक्त रकमबाट ४० थान त्रिपाल, ३० थान कम्बल (ब्लांकेट), २० बोरा चामल (२५ के जी) र २ बोरा दाल (३० के जी) हस्तान्तरण गरिएको छ । त्यस्तै १ लाख ६२ हजार १११ रुपैया नगरप्रमुख डम्वर रावत मार्फत नलगाड नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा हस्तान्तरण गरिएको छ ।
नेपाल राष्टिय कर्मचारी संगठन कर्णालीकाे सहयाेग
त्यस्तै नेपाल राष्टिय कर्मचारी संगठन कर्णाली प्रदेशले ५४ थान खाना पकाउने भाडा , पशुचौपायलाई ४ काटुन औषधि उपलब्ध गराएको राकमका जाजरकोट अध्यक्ष नारायण खत्रीले जानकारी दिनुभयो ।