उपल्लो मुगुमा हिमपात भएपछि जनजीवन प्रभावित

मुगु ः उपल्लो मुगुको मुगमकार्मारोङ गाउँपालिकामा हिमपात भएको छ। यसअघि असोज ३० गते हिमपात भएको स्थानीय पेमा लामाले जानकारी दिनुभयो। गत वर्ष भन्दा यो वर्ष चाँडै हिमापात भएको उहाँले बताउनुभयो।

हिमपातले गर्दा चिसो बढेको मुगमकार्मारोङ गाउँपालिका वडा नम्बर २ का तोेर्चे लामाले बताउनुभयो। शनिबारको तापक्रम माइसन सात डिग्री पुगेको छ।

जिल्लाको उत्तरी भेगमा पर्ने मुगुगा, डोल्पुगाउँमा हिमपातले सेताम्मे भएको छ। जिल्लाका अन्य केही गाउँ बस्तीमा भने तिहारको टीका लगाउने दिन नजिकै आउनलाग्दा चिसो बढेपछि बजारमा मालसामान किन्न जाने सेवाग्राही समस्यामा परेका छन्।





error: Content is protected !!